27 C
Kathmandu
Saturday, June 19, 2021

नवलपरासीको कावासोतीमा सहिद दिवसमा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१६, कावासोती, नवलपरासीको कावासोतीमा सहिद दिवसको अवसर पारेर आज सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद सप्ताह अन्तगरत सहिद दिवसको अवसर पारेर जनआन्दोलनका सहिद विष्णु पाण्डेकी धर्म पत्ति भागिरथी पाण्डे, दाजु लक्ष्मीप्रसाद पाण्डे, सहिद रेशम भुसालकी परिवार शिवकुमारी भुसाल, सहिद बाबुराम खनालकी छोरी तथा सहिद गायत्री खनालकी बहिनी सीता खनाल र सहिद यावद भुसालका दाजु प्रेमकुमार भुसाललाई रेडियो कावासोती र नयां नेपाल सहिद स्मृति प्रतिष्ठानले सम्मान गरेको हो ।

आज सहिद दिवसको अवसरमा नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाईएको छ । कार्यक्रममा सहिदको सालिक राख्नका लागि स्थापना गरिने स्तम्भको समेत शिल्यान्यास गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै देशमा आमुल परिवर्तन गर्न ज्यानको आहुती दिनुभएका सहिद विष्णु पाण्डेका श्रीमती भागिरथी पाण्डेले सहिदहरुप्रति सरकारले अभिभावको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाले सहिदका छोराछोरीका लागि शिक्षा दिक्षको लागि उचित व्यवस्था गरिदिन पनि आग्रह गर्नभयो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पश्चिम कमाण्ड इन्चार्ज परि थापा, पूर्व सभासद रोशनबहादुर गाहा, पूर्व सभासद् गुणाखर बस्याल, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान शर्मा गैरे लगायतको सहभागितार रहेको थियो ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य बालकृष्ण घिमिरे, नेकपा एमालेका विष्णु ढुंगाना, नयां शक्ति नेपालका प्रदेश चारका सहइन्चार्ज रुद्रबहादुर गुरुङ, रामप्रसाद काफ्ले, हिरालाल गुरौं, टेकबहादुर पुन, जुद्धप्रसाद सिग्देल लगायतले बोल्दै सहिदले गरेको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । रेडियो कावासोतीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रम पिताम्बर तिवारीको अध्यक्षतामा भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्