27 C
Kathmandu
Wednesday, August 4, 2021

११ र १२ कक्षाको परीक्षातालिका सार्वजनिक, परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम कहिले सम्म भरिसक्नुपर्ने ? हेर्नुहोस

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१६ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वाषिर्क परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुनेछ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ । कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरुलाई सामयमै परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।

२०७४ सालको वाषिर्क परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने छ । उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् ।

ruting

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्