माघ-१५, गैडाकोट, बिबेक भण्डारी । सामुदायिक वन संरक्षणमा समुदायको तर्फबाट जति सक्दो सुरक्षाको प्रयास गर्नु आवस्यक रहेको सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताउनुभएको छ। शनिबार नवलपरासीको गैडाकोटमा रहेको मौलाकालिका सामुदायिक वउपभोक्ता समुहको १४औ साधारण सभामा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । समुदायले आफ्नो सम्पति सम्झेर सामुदायिक वनलाई संरक्षण गर्नै आवस्यक रहेको समेत बताउनुभयो । वनको १४ साधारण सभाको अवसरमा वनले आर्थिक वर्ष २०७२/०७३ को आय व्यय समेत सार्वजनिक गरेको छ। जस्मा वनको संस्थागत तथा वन पैदावार आम्दानि तर्फ उनासी लाख एकाउन्न हजार नौँ सय बिस रुपैया र खर्चतर्फ एकहत्तर लाख त्रियासी हजार चार सय सैतिस रुपैयाको विवरण प्रस्तुत गरिएको थियो । १४औ साधारण सभा कार्यक्रममा सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष ठाकुरप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्लामा रहेका विभिन्न सामुदायिक वन , विभिन्न संघसंस्था , राजनिति दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मौलाकालि सामुदायिक वनका अध्यक्ष सालिकराम सापकोटाको अध्यक्षतामा आयोजना भएको थियो ।
त्यस्तै गैडाकोटकै भेडाबारी सामुदायिक वन उपभोक्ता समुह गैडाकोट ११ भेडावारीले आफ्नो १० औँ साधारण सभा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ। वनले १० औ साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७२/०७३को आय व्यय समेत सार्वजनिक गरेको छ । वनले आम्दानि तर्फ ३५ लाख ७२ हजार ९ सय ४ रुपैया र खर्च तर्फ ३ लाख १७ हजार ६७ रुपैया खर्च भएको जनाएको छ । वनको १० औ साधारण सभा कार्यक्रममा गैडकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सेक्टर वन कार्यलय कावासोतीका प्रमुख कृष्ण बहादुर देवकोटा, इलका वन कार्यलय प्रमुख इश्वरी प्रसाद वाग्ले लगायत विभिन्न सामुदायिक वनका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , विभिन्न राजनितिक पार्टिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वनका अध्यक्ष गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा आयोजना भएको थियो ।