24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

नवलपरासीको गैडाकोटमा दलित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण

- Advertisement -Flowers in Chania

माघ-१५, गैडाकोट, बिबेक भण्डारी । नवलपरासीको गैडाकोटमा ५२ जना बिपन्न तथा दलित विद्यार्थीलाई छात्रवृति तथा पोसाक वितरण गरिएको छ । आफ्नो आठौ बार्षिक साधारण सभाको अवसरमा नेपाल दलित समाज गैडाकोट १२ नवलपरासीले दलित तथा विपन्न वर्गाका बिद्यार्थीहरुलाई  पोशाक तथा छात्रवृति वितरण गरेको हो  । शनिवार एक कार्यक्रमको आोजना गरि दलित समाजले ति सामग्री वितरण  गरेको हो । गैडाकोट नगरपालिका १० देखि १३ वडा भित्र रहेका ८ वटा सरकारी विधालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई छात्रवृति तथा पोशाक वितरण गरिएको नेपाल दलित समाज गैडाकोटकी अध्यक्ष सन्तु परियारले बताउनुभयो । उक्त कार्यक्रममा गैडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्री कृष्ण नेपालको प्रमुख आतिथ्यता  रहेको थियो । कार्यक्रम नेपाल दलिन समाज गैडाकोट १२ की अध्यक्ष सन्तु परियारको अध्यक्षतामा भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्