27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:29

TRENDING .

नवलपरासीको कावासोती मालपोतको ताला १५ दिनको अल्टिमेटम पछी खुल्यो

- Advertisement -

नवलपरासीका विभिन्न स्थानको जग्गा फुकुवाको माग गदै आन्दोलनमा उत्रिएको जग्गा फुकुवा संघर्ष समितिले मालपोत कार्यलयको ताला खोलेको छ । बिहिबार विहानै देखि मालपोत कार्यालय कावासोतीमा तालाबन्दि गरेका  पिडितहरुले प्रधानमन्त्रि सचिवालयबाट अझै १५ दिनको अल्टिमेटम आएकाले आन्दोलनलाई फिर्ता लिईएको संघर्ष समितिले जनाएको छ । अल्टिमेटम आएपछि बिहिबार साँझ नै ताला खोलिएको थियो । जिल्लाको विभिन्न क्षेत्रमा रोक्का रहेको जग्गा फुकुवा गर्न स्थानीयले माग गरेका हुन ।

तत्कालिन जिल्ला सुकम्बासी समस्या सामाधान आयोग नवलपरासीका अध्यक्ष मनशोभा पाण्डेको कार्यकालमा पुर्जा वितरण भएको र नक्सा प्रमाणित भएको जग्गा हाल रोक्का रहेको छ । पाण्डेले अधिकार दुरुपयोग गर्दै पुर्जा वितरण तथा नक्सा प्रमाणित गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा रोक्का गरेको हो ।  नवलपरासीको नया वेल्हानी, रजहर, देउराली गाविस र साविकको शिवमन्दिर, अमरापुरी, देवचुली, तम्सरीया, कावासोती र नारायणी गाविसका बासिन्दाहरुको करिब ३ हजार घर परिवारको जग्गा अहिले यसरी रोकिएको हो । जग्गा किनबेच र पास नहुंदा बैंकमा धरौटी राखेर कर्जा लिनेदेखि विद्युत, धाराको मिटर जडान गर्न समेत नपाइएको पिडितहरुले बताएका छन्  । सो क्षेत्रको जग्गा २०४१ सालमा नै चन्द्र प्रसाद प्रधानको अध्यक्षतामा पुर्जा वितरण भएको र २०६७ सालमा पाण्डेले नक्सा प्रमाणित मात्र गरेकोले सो क्षेत्रको जग्गा फुुकुवा हुनुपर्ने स्थानीयको माग छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्