27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

नवलपरासीमा फेरी सवारी दुर्घटना २ को मृत्यु, ७ घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, माघ-१४ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुम्किबासमा माईक्रोले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । नवलपरासीको दुम्किबास ६ अरुणखोलामा दुम्किबास बीच जङ्गलमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ज २६७५ न.को उईङगर कारले विपरित दिशाबाट आउदै गरेको लु २० प ६३६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षका मोटरसाईकलका चालक र मोटरसाईकलमा सवार अन्दाजि ३५ वर्षका पुरुषको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय नयाबेलहानीका प्रहरी निरीक्षक मोहन मान श्रेष्ठले जानकारी दिनु भयो ।
ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।  यस्तै आज दिउसो रामग्राम ४ बैरीहवामा मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा एक जना घाईते भएका छन । परासी महेशपुर सडक खण्डमा महेशपुरबाट परासी तर्फ आउदै गरेको लु ६ प २६ ९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा नवलपरासी शुक्रौलि ९ बस्ने वर्ष ४४का ब्रिजराज कोहार घाईते भएका छन । घाईते कोहारको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा सामान्य उपचार पछि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । यता नवलपरासीको मध्यविन्दु ८ चोरमारा अरुणखोला बीच जङ्गलमा कार र स्र्कापियो एक आपसमा ठक्कर खादा ६ जना घाईते भएका छन । पूर्वबाट पश्चिम तर्फ जार्दै गरेको बा १५ च ५३२ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा १२ च ९१६० नम्बरको स्र्कापियो एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको । घाईतेहरूको अवस्था मध्यम रहेको र सबैको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्