27 C
Kathmandu
Friday, July 30, 2021

अब चितवन राष्ट्रिय निकुन्जमै अर्ना देखिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१४, चितवन, कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपुर्‍याइएको छ। ती अर्नालाई वनमन्त्री शङ्कर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्कालगायतको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा आजै छोडिने कार्यक्रम रहेको छ।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर ९इन्क्लोजर० निर्माण सम्पन्न गरिएको छ भने त्यहाँसम्म पुग्ने सडक पनि मर्मत गरी तयार पारिएको छ ।

बाघले अर्नाको सिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको छ । बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताए।  कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ।

भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको उनले बताए। खोरमा वरिपरि सोलार फेन्सिङ गरिएको छ । जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो ।

सौराहाको हात्ती प्रजनन केन्द्रस्थित खोरसोरमा स्थानीय पर्यटन व्यवसायी, क्षेत्रीय होटल सङ्घ, मध्यवर्ती सामुदायिक वन, स्थानीयवासी लगायतले अर्नाको स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ । सो पश्चात् बद्रेनी हुँदै राप्तीको गाईघाट तारेर पुरानो पदमपुरमा अर्ना पुर्‍याइने निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए।

स्थानीयवासीले पहिले स्वागत गरेपछि पुरानो पदमपुरमा विशेष कार्यक्रमकाबीच मन्त्री भण्डारीले एक जोडी अर्ना छोड्ने कार्यक्रम रहेको उनले बताए। कोसीटप्पुबाट भाले र पोथी गरी दुई वटा अर्ना ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलसहित संरक्षणकर्मी र प्राविधिकको टोलीले कोसीटप्पुबाट अर्नासहित बिहीबार साँझ हिँडेको थियो ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख कँडेललाई आवश्यक कागजात दिएर अर्ना हस्तान्तरण गरेका थिए।  तीन वटा अर्ना ल्याउने तयारीस्वरुप तीन वटा खोर लगिएको भए पनि दुई वटा खोरमा मात्र अर्ना ल्याइएको हो । चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्