27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:16

TRENDING .

माओबादी लडाकु हुदै विश्वको असाधारण साहसिक व्यक्तिमा मिरा राई बिजयी, नेशनल जोग्राफीको यस्तो घोषणा

- Advertisement -

काठमाडौं, पुस-१४ । विश्व अल्ट्रा म्याराथन धाविका मिरा राईलाई विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरक २०१७ को विजयी घोषणा गरिएको छ । संसारभरका दश असाधरण साहसिक सफलता प्राप्त गर्ने व्यक्तिहरुको सुचीमा उनलाई अनलाईन भोटमा सर्वाधिक मत आएको थियो ।

राई सहित १० जनालाई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को सुचीमा राखेको थियो । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ ।

भोजपुरको गरिब परिवारमा जन्मेकी मिरा बाल्यकालमा माओवादी सेनामा लागेकी थिइन् । माओवादी जनमुक्ती सेनाको पिएलए स्पोर्टस क्लबबाट खेलजीवन सुरु गरेकी उनलाई अनमिनले अयोग्य लडाकु भन्दै शिबिरबाट निकालेको थियो ।

आर्थिक अभावकै कारण उनले मलेसिया जानको लागि पासपोर्ट भिसा समेत तयार बनाइराखेको अवस्थामा बालाजु कराँते डोजोका अध्यक्ष तथा कराँते प्रशिक्षक धुर्व विक्रम मल्लले उद्धार गरेर आफ्नो ल्याएका थिए । मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा १७ वर्ष अघिदेखिको पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्।

उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्। त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्