27 C
Kathmandu
Saturday, June 19, 2021

नवलपरासीमा जिप दुर्घना हुदा १ को मृत्यु,१७ घाईते, ४ को अवस्था गम्भीर

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, माघ-१४ । नवलपरासीको त्रिवेणी धामका लागि कपिलबस्तुबाट तिर्थालु बोकेर आएको जिप गएराती दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ,अन्य १७ जना घाईते भएका छन । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लु १ ज १०८ नम्बरको जिप आफै अनियन्त्रित भई नवलपरासीको रामग्राम ३ स्थिति रामखण्डपुलमा ठक्कर खादा जिप चालक कपिलबस्तु शिवनगर ९ अजिगरा बस्ने वर्ष २७का राकेश कुमालको मृत्यु भएको हो । दुर्घटनामा परी सोही ठाउ बस्ने अन्य १७ जना घाईते भएका छन । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाईते हुनेमा सत्यनारायण कहार,झीगुर रैदार,ज्ञानमती रैदास र बुदु रैदास रहेका प्रहरीले जनाएको छ । घाईते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्