27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:54

TRENDING .

नवलपरासीमा बेरोजगार युवाकालागी रोजगार तालिम

- Advertisement -

माघ-१४, कावासोती, १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुलाई राष्ट्रिय युवा परिषदले एक वडा १० युवा एक उद्यम कार्यक्रम ल्याएको छ । नवलपरासी जिल्लामा बेरोजगार रहेका युवाहरुको एक वडामा १० जनाको एक युवा समुह बनाई व्यवासायिक उद्यम गर्ने उद्देश्यले जिल्ला युवा कमेटी कार्यालय नवलपरासी मार्फत राष्ट्रिय युवा परिषदमा दरखास्त पेश गर्ने जिल्ला युवा कमेटीले जानकारी दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तगर्त युवा परिषदले १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुबाट आएको व्यवासायिक उद्यम संञ्चालनको दरखास्त आएपछि युवा परिषदले उक्त समुहलाई उद्यम संचालनको लागि आवश्यक बजेट उपलब्ध गराईने जिल्ला कमेटीले जानकारी दिएको छ ।

दरखास्त पेश गर्दा संलग्न गर्नु पर्नै कागजात 

१. एउटै वडाको १६–४० वर्षका १० जना युवा –कम्तीमा ५० प्रतिशत महिला) हुनु पर्नेछ ।

२. युवा समुह प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्नेछ । यो सुचना प्रकाशित भएको समयअवधि भित्र पनि नयाँ युवा समुह दर्ता गर्न सकिने छ ।

३. सम्बन्धित निकायमा संस्था दर्ता भएको प्रमाणको प्रतिलिपी यदि पहिला नै दर्ता भएको संस्था भए नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।

४. निवेदनका साथमा ५ वर्षे व्यवासायिक कार्ययोजना ९द्यगकष्लभकक एबिल० पेश गर्नु पर्ने छ । व्यवसायिक उद्यम, कृषि, बन, पशु पन्छी, विज्ञान, सुचना प्रविधि, संचार कला, सांस्कृति पर्यटन प्रवद्र्धन, निर्माण आदि स्थानिय श्रोत साधन वा आधारित हुनु पर्ने छ ।

५. व्यवसायिक उद्यम गर्ने समुहका सदस्यहरुको नागरिकताको प्रतिलपी ।

६. व्यवासायिक उद्यम संचालन गर्ने समुह वा सदस्यहरुको माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी । –कम्तीमा आधारभुत तह कक्षा ८ उत्तिर्ण गरेको हुनु पर्नेछ । )

७. सम्बन्धित वडा कार्यालयको उक्त वडाका बेरोजगार युवा भएको सिफारिश पत्र ।

८. व्यवासायिक उद्यम संचालन गर्नको लागि निवेदन दिने समुहको बैठकको निर्णयको प्रतिलिपी ।

त्यस्तै युवाहरुको व्यवासायिक शिप विकास गराउनका लागि युवा परिषदले तालिमको व्यवस्था पनि मिलाएको छ । यस आर्थिक वर्षमा युवा परिषदले स्टिल फेबरिकेटर, वेल्डर, ईलेक्ट्रेशियन, व्युटी पार्लर, मोबाईल रिपेयरिङ्ग, सिलाई, कटाई र शैलुन समेत जस्तो तालिमको व्यवस्था मिलाएको जिल्ला युवा कमेटीले जनाएको छ। यस कार्यक्रमको विषयमा थप जानकारी लिन युवा परिषदको वेवसाईट www.nyc.gov.np मा बुझन सकिने छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्