27 C
Kathmandu
Saturday, June 19, 2021

नवलपरासीको कावासोती मालपोत कार्यालयमा जग्गा फुकुवा माग गर्दै अनिश्चित कालिन तालाबन्दी र धर्ना

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, माघ- १३ । लालपूर्जा आफ्नो हातमा छ, जग्गा पनि आफूसंगै छ, जोतभोग पनि गर्दै आएका छन् तर अख्तियारले विना कारण जग्गा किनबेच तथा पास गर्न र धरौटी राख्न समेत नपाउने गरी रोक्का गरिदिएपछि नवलपरासीका ३ हजार घरपरिवार समस्यामा परेका छन् । नवलपरासीको नया“ वेल्हानी, रजहर, देउराली गाविस र साविकको शिवमन्दिर, अमरापुरी, देवचुली, तम्सरीया, कावासोती र नारायणी गाविसका बासिन्दाहरुको करिब ३ हजार घर परिवारको जग्गा अहिले यसरी रोकिएको हो ।  आफ्नो जग्गाको किनबेच तथा नक्सा पासमा रोक लगाएपछि दैनिक जीवनयापनमै कष्टकर भएको भन्दै पीडितहरुले जग्गा फुकुवा गर्न माग गर्दै विहीबार मालपोत कार्यालय कावासोती अगाडि धर्ना दिएका छन् ।  सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष मनशोभा पाण्डे अध्यक्ष हुंदा पाण्डले नक्सा प्रमाणित गरेका कारण देखाउंदै  भएको जग्गा रोक्का, फुकुवा गर्न माग गर्दै पिडीतहरुले नवलपरासीको कावासोती स्थित मालपोत कार्यालयमा धर्ना दिएका हुन् ।
नवलपरासीको नया“ वेल्हानी, रजहर, देउराली गाविस र साविकको शिवमन्दिर, अमरापुरी, देवचुली, तम्सरीया, कावासोती र नारायणी गाविसका करिब ५ सय जना धर्नामा रहेका छन् ।  संघर्ष समितीकी संयोजक रमिला भुजेलले पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदा समेत आफुहरुको समस्याको विषयमा वास्ता नभएकोले आन्दोलन गर्नुपरेको बताए ।  धर्नाका कारण मालपोतको कामकारवाही ठप्प भएको छ । कावासोती मालपोट कार्यालयमा दैनिक ३ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन । २०३६ साल  , २०४१ साल , २०४६ साल र २०५५ सालमा  बुटवल क्षेत्रीय  बसोवासले वितरण गरेको जग्गाको २०६७ सालमा तत्कालीन समयमा सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीको अध्यक्ष रहेकी मनशोभा पाण्डले नक्सा प्रमाणित गरेका थिए ।  उनले नक्सा प्रमाणित गरेको जग्गा गत असार ५ गतेबाट अख्तियार दुरुपयोग  अनुषन्धान  आयागले रोक्का गरेपछि जग्गाको  सबै काम प्रभावित भएको छ । मनशोभाले २०६७ सालमा नवलपरासीका करीब १२ हजार सुकुम्वासी  घरधुरीलाई लालपुर्जा वितरण गर्नुभएको थियो । तर, आफूहरुको जग्गा थिईन । जग्गा किनबेच र पास नहुंदा बैंकमा धरौटी राखेर कर्जा लिनेदेखि विद्युत, धाराको मिटर जडान गर्न समेत नपाइएको लालबहादुर पुलामीले बताए । पीडित बासिन्दाले यस अघि प्रधानमन्त्री, भूमिसुधार मन्त्री लगायतसंग पटक पटक डेलिकेशन गएका छन् । तथापि आफ्नो माग प्रति सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्