27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 01:31

TRENDING .

नदिजन्य पदार्थको तस्करी रोक्न जिविस द्वारा अनुगमन, २० करोड बढिको अवैध रुपमा संकलित भेटियो

- Advertisement -

माघ-१३, कावासोती, नवलपरासीमा नदिजन्य वस्तु चोरी भएको भन्दै छानविन का लागि चौतर्फी दबाव पछी कारवाहीको दायरामा ल्याउन जिल्ला विकास समितिले अनुगमनलाई तिव्रता दिएको छ । प्रहरी, प्रशासनको समेत मिलोमतोमा तस्करी भएको जनगुनासो पछिला दिनामा ब्यापक रुपमा बढेको हो । कारवाही गर्न खोज्दा स्थानीय बिकास अधिकारीको सरुवा भएको भन्ने समाचार बाहिर आएपछि जिविस र राजनैतिक दलका प्रतिनिधि,  पत्रकार, समेतको टोलीले यो हप्तामा ३ पटक भन्दा बढी खोलाहरुमा अनुगमन गरेका छन् । विगत लामो समयदेखि नवलपरासीका खोला तथा नदिजन्य वस्तुहरुको ठेक्का नलागदा समेत यहाका क्रसरहरुमा कुनै प्रभाव नदेखिएकाले अहिले सञ्चालित क्रसर उद्योगहरुले क्रसरका लागि आबस्याक कच्चा पदार्थ कसरी जुटाएका छन् त्यसको अनुगमन गरेको जिल्ला विकास समिति नवलपरासीका लेखापरिक्षण अधिकृत राजेन्द्र प्रसाद सापकोटाले बताउनुभयो । अनुगमनकै क्रममा जिविसले जिल्लामा सञ्चालित १० वटै क्रसर  उद्योग परिसरमा रहेका सामाग्रिको स्रोत खुलाउन पत्र दिएको छ । यहि माघ १६ गतेसम्म स्रोतको आधिकारीक प्रमाण नखुलाएमा सामाग्रि वैद्य नठहरिने र कारवाहिको प्रक्रिया अघि सारिने अधिकृत सापकोटाले बताउनुभयो । बाईट,,   त्यस्तै क्रसर व्यवसायिहरु स्रोत खुलेरै सञ्चालनमा रहेको क्रसर व्यवसायि संघ नवलपरासीका अध्यक्ष रामु अधिकारीले दावि गरेका छन् । २०७१ साल असार २७ गते जिविसले अनुगमन गर्दा सवै स्रोत खुलेरै सञ्चालनमा रहेको भन्दै अहिलेको नविकरण प्रक्रियामा ढिलाई हुनु र मापदण्ड अनुरुप सञ्चालन नहुनु आफुहरुको गल्ति नभई राज्यकै समस्या रहेको अधिकारीको भनाई छ । अहिले नवलपरासीका विभिन्न खोला छेउमा करिब ६० करोड भन्दा बढिका अवैध नदिजन्य पदार्थहरु संकलन गरेर राखिएको अवस्थामा फेला परेको छ । फेला पारेको सम्पुर्ण सामाग्रिलाई लिलाम गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला विकास समिति नवलपरासीले जनाएको छ । जिल्लाको नवलपुर क्षेत्रका चार स्थानमा गरिएको अनुगमनका क्रममा २० करोडभन्दा बढिका नदिजन्य पदार्थहरु अवैध रुपमा संकलन गरेर राखेको फेला परेको हो । त्यसै क्षेत्रका अन्य स्थान र परासि क्षेत्रमा करिब ६ देखि आठ करोड बराबरका नदिजन्य पदार्थ संकलन गरेको अनुमान गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्