27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 07:34

TRENDING .

तयारी कक्षाको नाममा मनपरी शुल्क अशुल्दै बिद्यालय

- Advertisement -
माघ-१३, कावासोती । नवलपरासीका निजी विद्यालयहरुले तयारी कक्षाको नाममा विद्यार्थीहरुसंग महंगो शुल्क असुलेको पाइएको छ । एसएलसीको परिक्षा नजिकिदै गर्दा उनीहरुले कक्षा १० का बिद्यार्थीहरुलाई त्यसरी ढाड सक्ने गरि शुल्क लिएका हुन् । विद्यार्थीहरुसंग ८ सय रुपैयांसम्म शुल्क लिएको अभिभावकहरुको गुनासो छ। जिल्ला शिक्षा कार्यालय नवलपरासीले पनि शुल्क लिएको भेटिए सचेत गराइने जनाएको छ । टेष्ट परीक्षाको झल्को दिने गरी गरिएको यस परीक्षाको नाममा विद्यार्थीहरुलाई एसएलसी कक्षा १० को परीक्षामा सहभागी हुनबाट विद्यार्थीहरुलाई रोक्ने सम्झावना पनि उत्तिकै रहेको छ ।  नवलपरासीमा अहिले प्याब्सन नवलपरासीमा आवद्ध ८६ वटा विद्यालयका करिब ३ हजार विद्यार्थीहरु एसएलसी कक्षा १० परीक्षाको पूर्व तयारी कक्षामा रहेका छन् । टेष्ट परीक्षाकै झल्को दिने गरी विद्यार्थीहरुसंग महंगो शुल्क असुलेर आसपासका विद्यालयका विद्यार्थीहरुलाई एक ठाउंमा केन्द्र तोकि परीक्षा लिइएको छ ।
नवलपरासीमा ६ गतेबाट परीक्षा शुरु भएको हो । परीक्षामा प्रति विद्यार्थी ८ सय रुपैयांसम्म शुल्क लिइएको छ । तथापि प्याब्सन नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डेले भने प्याब्सनले कुनै पनि शुल्क लिने निर्णय नगरेको बताए ।
उनले यो परीक्षा तयारी अभ्यास परीक्षा भएकोले कुनै पनि विद्यालयले यो परीक्षाको वाहानामा परीक्षार्थीहरुलाई एसएलसी कक्षा १० को परीक्षाबाट रोक्न नपाउने बताए ।  केही बर्ष अगाडिदेखि विद्यार्थीहरुलाई टेष्ट परीक्षाको नाममा एसएलसी परीक्षामा रोक्न नपाइने कानुनी प्रावधान रहेका छ । प्याब्सन नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डेले परीक्षा शुल्क लिने निर्णय नभएको बताए पनि प्याब्सन नवलपरासीका सचिव भीम कंडेलले भने परीक्षा सञ्चालन स्टेशनरी लगायतका लागि लाग्ने खर्च लिइएको बताए ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि परीक्षा लिनु आवश्यक रहेको भएपनि परीक्षाको नाममा विद्यार्थीलाई एसएलसी कक्षा १० को परीक्षामा सहभागी हुनबाट रोक्न नपाइने नवलपरासीका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए ।
उनले विद्यार्थीहरुसंग परीक्षा सञ्चालनका लागि भनेर सामान्य खर्च लिइनु सामान्य भएपनि अत्यधिक शुल्क असुलेको पाइए अनुमगन गरेर सचेत गराउने बताए ।  निजी र सामुदायिक विद्यालयका परीक्षाफल हेर्दा सामुदायिक विद्यालयको तुलनामा नवलपरासीका निजी विद्यालयको नतिजा राम्रो आएको देखिन्छ । तथापि निजी विद्यालयले अनुतीर्ण हुने जस्तो देखिएका विद्यार्थीहरुलाई परीक्षामै सहभागी नगराउने गरेको पनि चर्चा चल्ने गर्दछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्