27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:26

TRENDING .

भारतीय सुरक्षाकर्मिलाई नेपाल बस्न दिनुपर्ने यस्तो कारण, ओली सरकारकै पालामा मस्यौदा प्रचण्डको ल्याप्चे, यस्तो छ रहस्य

- Advertisement -

काठमाडौं, माघ-१२ । भर्खरै  दिल्लीमा भएको नागरिक उड्यन अधिकारीहरुको बैठकमा भारतले आफ्नो विमानमा काठमाडौं आउने सुरक्षाकर्मी -एयर मार्सल) लाई नेपालले बास दिनुपर्ने माग गरे । भारतको यो कुनै नयाँ प्रस्ताव थिएन । एयर मार्सलका लागि यसअघि नै १२ वटा पत्र आइसकेको छ । त्यसैले यो विषय एजेण्डामा नै नभएको भन्दै भारतीय प्रस्ताव पन्छाउन खोजे । तर, नेपाली अधिकारीहरु त्यसबेला आश्चर्यमा परे, जब भारतीय अधिकारीहरुले नेपालको नागरिक उड्डयन सुरक्षा नियमावली ०७३ देखाउँदै ‘तिमीहरुको नियमावलीमै व्यवस्था भएको छ, किन राजनीतिक तहमा जानुपर्‍यो’ भन्ने प्रश्न गरे ।

एयरमार्सल राख्न विश्वब्यापी मान्यता थाहा भए पनि नेपालको कुन नियमावलीको कुन दफामा त्यो प्रावधान छ भन्ने नेपाली अधिकारीहरुलाई थाहा थिएन । नेपाल टोली एयर रुटबाट छलफल गर्न गएका थिए, तर, भारतले छापामार शैलीमा एयर मार्सलको प्रस्ताव राखेपछि लञ्ज ब्रेकमा नियमावली पल्टाएर हेरेको एक सदस्यले बताए । त्यसपछि नेपाली टोलीले प्रक्रिया पुर्‍याएर आयो भने सरकारले दिन सक्छ भन्ने जवाफ दिएर फर्कियो । अहिले यही विषयले नेपालको राजनीति ताकेको छ । र, प्रचण्ड सरकारमाथि उनकै पूर्वसहकर्मी नेत्रविक्रम चन्द विप्लवले राष्ट्रघात गरेको अरोप लगाएका छन् । प्रमुख विपक्षी नेकपा एमालेले पनि यसबारे सरकारको आधिकारिक धारणा मागेको छ । तर, सरकार भने अहिलेसम्म मौन छ ।

यस्तो रहेछ एयर मार्सलको रहस्य

यसबारे खोज्दै जाँदा थाहा भयो कि नागरिक उड्डयन सुरक्षा नियमावली-०७३ कात्तिक २२ गते नै राजपत्रमा प्रकाशित भइसकेको रहेछ । अझ रोचक त के छ भने यो नियमावलीको मस्यौदा केपी ओली सरकारले गरेको रहेछ, जसलाई प्रचण्ड सरकारले पास गरेको रहेछ ।

पर्यटन मन्त्रालयको उच्च स्रोतका अनुसार यो नियमावलीको मस्यौदा ओली सरकारका पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको कार्यकालमा बनेको हो । पहिलेदेखि नै ड्राफ्ट बनाउन थालिएको थियो । तर, ओली सरकारकै पालामा यो मस्यौदालाई अन्तिम रुप दिइएको एक अधिकारीले बताए । उनले भने, ड्राफ्ट बनेपछि पनि कानुन मन्त्रालयमार्फत परराष्ट्रसहितका सबै मन्त्रालयहरुमा रायका लागि पठाइएको थियो ।’

ओली सरकारका पालामा बनेको यो नियमावलीको मस्यौदालाई प्रचण्ड सरकारले मन्त्रिपरिषदबाट पास गरेको पाइएको छ । र, यो नियमावली राजपत्रमा पनि आइसकेको छ । ओली सरकारका पालामा ड्राफ्ट गरिएको यही नियमावलीको प्रावधान देखाउँदै भारतीय अधिकारीहरुले आफ्नो एयर मार्शलले नेपालमा बास बस्न पाउनुपर्ने जिकिर गरेका छन् ।

‘नियमावली बन्दैमा अनुमति पाइँदैन’

नागरिक उड्डयन सुरक्षा नियमावलीले कुनै पनि विदेशी विमान कम्पनीले एयरमार्सल राख्न चाहेमा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनेको छ । यसको अर्थ यो नियमावलीलाई देखाएर कसैले पनि एयरमार्सल राखिहाल्न पाउने होइन । सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । सरकारी अधिकारीहरुका अनुसार एयर मार्सलबारे दुई देशबीच एमओयू हुन अनिवार्य छ । र, यस्तो व्यवस्था कुनै एक मुलुकका लागि नभएर दुबै पक्ष पक्षका लागि लागू हुनेछ ।

अहिले पनि आउँछन् भारतीय सुरक्षाकर्मी

उसो त भारतीय विमानहरुमा अहिले पनि भारतीय सुरक्षाकर्मीहरु सादा पोसाकमा आउने गरेका छनु, जुन नयाँ होइन । तर, उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जमीनमा उत्रिँदैनन् । भारतीय विमानहरुले सकेसम्म काठमाडौंमा रात बिताउँदैन् । तर, अहिले भारतले आफ्नो विमान कुनै कारणले नेपालमा रोकिनुपर्‍यो भने हतियारधारी एयर मार्शल विमानभित्रै बस्नु नपरोस् भनेर बास मागेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्