27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 06:00

TRENDING .

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक, डेनमार्क र न्युजल्यान्ड, दक्षिण एसियामा तेस्रो भ्रष्ट मुलुकमा नेपाल कम भ्रस्टमा भुटान

- Advertisement -

माघ-१२, काठमाडाैं-नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये तेस्रो  स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ औं अंक पाएर १३१ औं स्थानमा रहेको छ। विश्वका १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल १३१ औं स्थानमा परेको हो।

दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ भने दोस्रोमा बंगलादेश रहेको सर्वेक्षणले  देखाएको छ। विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क  र न्युजल्याण्ड छन भने सबैभन्ढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको सर्वेक्षणले देखाएको छ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ ।

भुटान सबैभन्दा कम भ्रष्ट एसियाली मुलुक

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । र, विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार आएको नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ ।

सोमालिया विश्वकै भ्रष्ट मुलुक

नेपाल भने बंगलादेश र अफगानिस्तान भन्दा मात्र अगाडि छ । बंगलादेश १४५ औं स्थानमा छ भने अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । १० अंक पाएको सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्