कावासोती, माघ- १२ । नवलपरासीको नवलपुर क्षेत्रका ६ जना किसानलाई अनुदानको ट्याक्टर वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय नवलपरासीका प्रमुख तेजनारायण गैह्रेले मंगलवार कावासोतीमा एक कार्यक्रमकाबिच किसानहरुलाई पावर टिलर कम्पनीको हाते ट्याक्टर वितरण गरेका हुन । किसानको ६० प्रतिशत र कृषि विकास कार्यलयको ४० प्रतिशत अनुदानमा ट्याक्टर खरिद गरि वितरण गरिएको हो । कावासोतीमा रहेको कृषि किसान ट्रेडर्स मार्फत यहाका किसानहरुलाई अनुदानको ट्रयाक्टर वितरण हुदै आएको छ । नवलपुर क्षेत्रमा रहेर लामो समयदेखि तरकारी खेती गर्दै आईरहेका किसानहरु नारायण प्रसाद गौतम , टेक वहादुर महतो , ग्याम वहादुर रजाली मगर , कृष्णालाल महतो , महलसिंह राना मगर र प्रेमलाल महतोलाई ट्याक्टर वितरण गरेको हो । कृषि क्षेत्रमा लागेर राम्रो काम गर्दै आईरहेका किसानहरुलाई हौसला प्रदान गर्ने र कृषि मजदुरको कमि भैरहको समयमा किसानहरुलाई सहयोग संगै नाफामुखी बनाउने उदेश्यले अनुदानमा ट्ययाक्टर वितरण गरेको कृषि विकास कार्यालय नवलपरासीका प्रमुख तेजनारायण गैह्रेले बताए । ट्याक्टर पाएपछि किसानहरु पनि खुसी भएका छन । धौवादिका किसान ग्याम वहादुर रजाली मगरले मजदुरको अभाव भैरहेको समयमा ट्याक्टर पाएपछि सहज हुने र कृषिमा आधुनिकीकरण समेत हुने बताए । यस्तै अर्का किसानटेक वहादुर महतोले आफैले टयाक्टरको प्रयोग गरेपछि लागतमा पनि कमि आउने र नाफामा वृद्धि हुने आशा रहेको बताए । कृषि प्रसार कार्यक्रम अन्तरगत फाम मेसिनरी वितरण गरिएको कृषि विकास कार्याल प्रमुख गैह्रेले बताए ।
- Advertisement -
- Advertisement -