27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:59

TRENDING .

चितवन मेडिकल कलेजका सञ्चालक न्यौपाने माथि अस्पताल हाताभित्रै आक्रमण

- Advertisement -

माघ-११, चितवन, भरतपुरको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक (एमडी) डा.हरिश न्यौपानेमाथि मंगलबार दिउँसो अस्पताल परिसरभित्रै आक्रमणको भएको छ। कलेजको शिक्षण अस्पतालबाट गाडी चढेर बाहिरिदै गरेका न्यौपानेमाथि दिउँसो सवा चार बजे तीन चारजना युवाहरुले आक्रमण गरेका थिए। उनीहरुले क्रिकेटको स्टम्पले गाडीमाथि हान्दा अगाडीको शिशा फुटेको छ।

‘म अस्पतालबाट बाहिरिदै गर्दा एकजना युवाले नमस्कार गरे र केही कुरा गर्न लागे । सँगै अरु युवाहरु पनि रहेछन् । गाडी रोकिएको बेला उनीहरुले क्रिकेटको स्टम्पले हाने र भागे । म गाडी भित्रै थिए। गाडीको अगाडीको सिसा पुट्यो । मलाइ भने खासै केही भएको छैन’ डा.न्यौपानेले भने। प्रहार किन भयो भन्ने बारे केही सोच्न नसकेको उनले बताए।

आक्रमणको जानकारी आउँदा साथ प्रहरी परिचालन गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए। ‘हामीले डिएसपीको नेतृत्वमा आक्रमणकारी खोज्न टोली खटाएका छौं । विभिन्न जानकारीहरु बटुलेर आक्रमणकारीको पहिचान गर्दै छौं’ एसपी थापाले भने। अस्पतालमा हुने गरेका पछिल्ला विवादका कारण आक्रमण हुने सम्भावना रहेको उनले बताए। अस्पतालमा केही समयअघि एकजना सुत्केरीको निधन भएपछि अस्पताल विरुद्ध आन्दोलनसमेत भएको थियो।

‘केही दिनअघि पनि एकजना बिरामी बच्चाको आफन्तले अस्पतालमा झगडा गरेको भन्ने सुन्नमा आएको छ । अहिले नै यही कारणले आक्रमणको प्रयास भयो भनेर भन्ने अवस्था चाही छैन। तर हामी विभिन्न पाटोमा रहेर बुझ्दै छौं’ एसपी थापाले भने।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्