माघ-११, खगराज सापकोटा, समाजसेवी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ रकम देवघाटस्थित् हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन्। चितवन भरतपुर निवासी सापकोटाले समाजसेवा गर्ने व्यक्तिको चाहनामा उमेर कहिल्यै बाधक बन्दैन भन्ने कुरा सिद्ध गरेका छन्। समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने भरतपुरका ९१ वर्षीय सापकोटा अहिले पनि समाजसेवामा उतिकै सक्रिय छन्। देवघाटको प्रसिद्ध हरिहर सन्यास आश्रममा एक कार्यक्रमकाबीच सापकोटाले उक्त रकम सहयोग गरेका हुन्। ९१ वर्षको उमेरमा पनि समाजसेवा गरौं भन्ने आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्न जगुपतिका छोराहरुले यो सबै काम गरेका थिए । यसअघि पनि सापकोटाले धेरैपटक सामाजिक कार्यक्रमा सहगोगी हातहरु अघि बढाईसकेका छन्। उनले विभिन्न सामाजिक काममा मनग्य सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। विशेषगरि उनले मठ, मन्दिर, पौवा निर्माणको लागि सहयोग गरिसकेका छन्। उमेरमा कमाएको सम्पत्ति आफ्नै नाममा ट्रस्ट खोलेर सामाजिक क्षेत्रका लागि बाँडिरहेका छन्। आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्नका लागि उनका सबै छोराहरुबीच एकमत भएको थियो, जसका कारण यो सबै सम्भव भएको हो। जगुपतिका ६ भाई छोराहरु अहिले सबै आ–आफ्नो पेशा र व्यवसायका क्रममा देश बाहिर छन्। समाजसेवा गर्नका लागि पहिले मन चाहिन्छ, त्यसपछि मात्रै धनको कुरा आउँछ भन्ने पुरानो भनाईलाई जगुपतिको परिवारले चरितार्थ गरिदिएको छ। ९१ वर्षीय जगुपतिलाई देवघाटको झोलुगें पुल तराएर कार्यक्रमस्थलमा पुर्याउन झण्डै आधा घण्टा लागेको थियो। जगुपतिको यो समाजसेवी कर्मले त्यहाँ उपस्थित सबै अत्यन्तै खुशी थिए। मन्दिरका पीठाधिशले समाजमा यस्ता दानवीरहरु अझै भगवानले कति कतै राखिदिएको भन्दै खुसी व्यक्त गरे। जगु्पतिले ५१ लाखको चेक हस्तान्तर गर्दै आफ्नो यो अन्तिम इच्छा र सहयोग नभएको भन्दै भोलिका दिनमा आफुले गच्छअनुसार अरु सहयोग गर्दै जाने रहर बाँकी नै रहेको बताउँदा त्यहाँ उपस्थित सबै भावुक बनेका थिए।