24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनु पर्ने, बैदेशिक रोजगारीमा जनेकालागी बिमा रकममा थप राहत

- Advertisement -Flowers in Chania

माघ-११, काठमाण्डौ, रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् । साथै यसरी जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ भने कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् ।अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् ।

मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री दिपक बोहोरालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री प्रचण्डले भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने जानकारी दिए ।

भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ । यो अनुमतिपत्र दिनु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

बैदेशिक रोजगारीमा जनेकालागी ५ लाखको घातक रोग बीमा थपियो

प्रधानमन्त्रीले बैदेशिक रोजगारीका लागि जानेहरुको बीमामा ५ लाखको घातक रोग बीमा थप गरेको घोषणा गरे । हाल १० लाखको म्यादी जीवन बीमा छ । क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ । माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत ५ लाख बीमांक बराबर बीमा हुने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ ।

साथै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । बैदेशिक रोजगार प्रवद्धर्न बोर्डबाट ३ लाख र घातक रोग बापत ५ लाख गरी कुल १८ लाखसम्म पाउन सक्नेछन् । यसअघि नै बीमा गरिएको तर, म्याद नसकिएकाहरुको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्था बमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने प्रधानमन्त्रीले जानकारी दिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्