27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

गैडाकोटका महिलाहरुलाई कृषि तथा पशुपालन तालिम

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-११, बिबेक भण्डारी। कृषिमा महिलाको सहभागिता बृद्धि गराउने उद्देश्यले मंगलवार देखि नवलपरासीको गैडाकोट १० भैसाखोरीमा ३ दिने कृषि सम्बन्धि तालिम सुरु भएको छ। विशेष गरेर महिलाहरु नै कृषिमा बढी खटिने भएकाले महिलाहरुका लागि कृषि जन्य तालिम आवस्यक हुने हुदा तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । गैडाकोट नगरपालिकाको सहयो तथा महिला सञ्जाल गैडाकोट १०को आयाजनामा संञ्चालित ३ दिने तालिममा  आधुनिक पशुपालन , गोठ सुधार र सचेतना तालिम साथै औषधि छर्ने तथा बाख्रा वितरण लगायतका कार्यक्रमहरु हुने जनाइएको छ। म्हिला संञ्जाल गैडाकोट १० की अध्यक्ष चेतना अर्यालका अनुसार विशेष गरेर विपन्न वर्गका महिलाहरुको लागि बाख्रा वितरण, गोठ सुधार तथा पशुपालन विषयमा तालिमको आयोजना गरिएको बताउजुभयो । तिन दिन सम्म संञ्चालन हुने तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरि सुरु गरिएो हो । कार्यक्रममा गैडाकोट नगरपालिका १०..१७ वडाका वडा प्रमुख वेदनाथ दाहालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा स्थानिय संघ संस्था , राजनितिक पार्टिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । तालिम पशु प्राविधिक बिजय दाहाल र बुद्धिबहादुर देउवाले प्रशिक्षण दिनुहुने छ। तालिममा स्थानिय ३० जना महिलाको सहभागिता रहेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्