27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:52

TRENDING .

जनताले सम्भोग नगर्दा सरकारलाई भो चिन्ता

- Advertisement -
 हामीकहाँ जनताहरु उद्यमशील भएनन्, यौनहिंसामा वृद्धि भयो तथा दुर्गम ठाउँहरुमा जनसंख्याको वृद्धिदर पनि बढि भयो भनेर सरकारलाई चिन्ता हुँदो हो । तर जापानमा भने जनताले सेक्सप्रति रुचि नराख्दा सरकारको टाउको दुखेको छ । शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला ! उसै त जापानीहरु निकै मेहेनती तथा काममा डुब्ने मानिसको रुपमा चिनिन्छन् ।
पछिल्लो समय जापानीहरु काममा यति डुब्न थालेछन् की उनीहरुमा सेक्सप्रतिको रुचि नै घटिरहेको छ र जापानमा भर्जिन युवायुवतीहरुको संख्या बढिरहेको छ । देशमा अविवाहित महिला तथा पुरुषहरुको संख्या पनि तिव्र रुपमा बढेर चिन्ताजनक अवस्थामा पुगेको छ जसका कारण बुढापाकाहरुको संख्याले ढाकेको जापानको जनसांख्यिकी झनै संकटमा परेको छ । जापान देशको जनसंख्याको अनुपातमा वृद्ध नागरिक सबैभन्दा धेरै भएको देश हो । यस्तो विकराल अवस्था हुँदाहुँदै तन्नेरी अवस्थाका जापानीहरुले बिहे नै गर्न छाडेपछि नयाँ बच्चा जन्मिने दर तिव्र रुपमा गिरावट आएको छ ।
सरकारले युवायुवतीहरुले बिहे गर्न तथा बच्चा जन्माउन प्रोत्साहन गर्दै नगद पुरस्कार लगायतका विभिन्न प्याकेट घोषणा गरिरहेको छ । तर मानिसहरु आफ्नो काममा यति व्यस्त छन् की उनीहरुसँग बिहे गर्ने तथा परिवार बसाउने फुर्सद छैन । जापान टाइम्सको रिपोर्ट अनुसार जापानीहरुमा गरिएको नयाँ सर्भेक्षणले १८ देखि ३४ वर्ष उमेरका ७० प्रतिशत अविवाहित पुरुष तथा ६० प्रतिशत अविवाहित महिलामा सेक्सप्रति कुनै रुची नै छैन ।
यो उमेर समूहका ४२ प्रतिशत पुरुष तथा ४४.२ प्रतिशत महिलाले आफुहरु अहिलेसम्म भर्जिन रहेको खुलासा गरेका छन् । यो सर्भेक्षण जापाने नेसनल इन्स्टिच्यूट अफ पपुलेसन एण्ड सोसल सेक्योरिटी रिसर्चले गरेको हो । शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
सन् १९८७ मा गरिएको यस्तै खालको सर्भेक्षणमा ४८.६ प्रतिशत पुरुष र ३९.५ प्रतिशत महिला अविवाहित रहेको पाइएको थियो ।
सन् २०१० को सर्भेमा ३६.२ प्रतिशत पुरुष तथा ३८.२ प्रतिशत महिलाहरुले आफुलाई भर्जिन रहेको बताएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्