27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 06:02

TRENDING .

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो, १ जनाको सनाखत हुन सकेन

- Advertisement -

माघ-१०,कावासोती, खगराज सापकोटा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयावेलहानी-८ मा गएराती बसले पैदलयात्रीलाई ठक्कर दिदा एकजना युवतीको ज्यान गएको छ । बुटवलबाट नारायणगढका लागि छुटेको लु १ ख ७७ ९१ नम्बरको बसले अरुणखोला र दुम्किवास बीच जंगलमा पैदल यात्री अन्दाजी २० वर्षकी एक युवतीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । उनको अँझै सनाखत हुन नसकेको अरुणखोला प्रहरीले जनाएको छ । यस्तै नवलपरासीको रजहर ४ कुलेनीमा करेन्ट लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रजहर ४का ७८ वर्षीय हस्त बहादुर तामांङ्ग रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएका हस्त वहादुरको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो । आईतबार दिउसो बिन्दु माया तामाङ्गको घरमा बुद्धको पूजा गर्ने क्रममा फलामको लिङ्गोमा झण्डा राखी खडा गर्ने क्रममा अचानक लिङ्गो ढल्न गई बिधुतको मेन लाइनमा परी करेन्ट सर्ट भएको थियो । उक्त घटनामा चार जना घाइते भएका थिए । रजहर गा.वि.स ४ बस्ने सोमान सिंह तामाङ्ग, बिन्दुमाया तामाङ्ग र निमर लामाको भने भरतपुरमा उपचार भइरहेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्