माघ-१०, कावासोती, खगराज सापकोटा । नेविसंघ नवलपरासीले दबाबमूलक -याली र छक्काजामका कार्यक्रम गर्दै थप आन्दोलन चर्काउने चेतावनी दिएको छ ।हिजो नवलपरासीको कावासोतीमा नेविसंघले हजारौको संख्यामा बिद्यार्थी सडकमा उतारेको थियो । उनीहरुले नारावाजी सहित पुर्व पश्चिम राजमार्ग १ घण्टा छक्का जाम समेत गरेकाथिए ।
नेपाल बिद्यार्थी संघ नवलपरासीले चलचित्र छक्का पन्जाको पाइरेसी मा मुछिएका भनिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको निस्पक्ष छानबिन भै सत्य तत्थ्य बाहिर नआउदा सम्म सडकमा आफुहरु जुन बेला पनि उत्रन सक्ने नेविसंघका जिल्ला कोषाध्यक्ष लक्ष्मण रिजाल ले बताए ।
नेविसंघका केन्द्रीय सदस्य रामचन्द्र भट्टराईले यदि दिपक राज गिरिको टिमले हत्या गरेको प्रतक्ष रुपामा नदेखिएको भएपनि हत्या गर्ने सैलीमा धम्कि दिएर मानसिक तनाब दिनु र आत्म हत्या गर्ने सम्मको स्थिति सृजना हुनुमा छक्का पन्जा टिमनै दोशी रहेको बताए ।
संघले घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटना संग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने, त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने भनि सकेको छ । सोहि कार्यक्रम अनुसार संघले आइतबार कावासोतीमा दबाबमूलक -याली सहित एक घण्टा चक्काजाम गरेको थियो ।
नोबेल कलेज सिनामंगलमा अध्यानरत कावासोतीका कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिएका थिए ।
कृष्ण सुबेदीका दाजु हरि सुबेदीले आफ्नो भाईको हत्या भएको र घटना लाई ढाकछोप गर्न आत्म हत्या भनेर प्रचार गरिएको आरोप लगाएका छन् । उनले दिपक राज गिरीले प्रहरीमा छानबिनको लागि निबेदन दिनु नाटक भएको समेत जिकिर गरे ।