27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

६९ वर्षको उमेरमा नागरिकता, नागरिता बिना सरकारी सेवा सुविधाबाट बन्चित स्थानिय हर्षित

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-०९ , दयाराम आचार्य । नवलपरासीको बिकट पहाडि गाविस डेढगाउमा रहेको डेढगाउमा माविमा दुई दिन ठुलै मेला लागे जस्तो देखियो । पूर्वपश्चिम राजमार्गको दलदलेबाट ६० किलोमटिरको दुरीमा रहेको बिकट पहाडि गाविस डेढगाउमा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको टोली सहित घुम्ति शिवीरका लागि पुग्दा, डेढगाउमा स्थानिएको घुईचोनै लागेको थियो । शिविरमा सेवा लिनका लागि डेढगाउ लगाएत नजिकका पहाडि गाविस भारतीपुर,नरम,रुचाङ्ग, रकुवा, मिथुकरम,जौबारी लगाएतबाट स्थानीय बसनै रिजर्भ गरेर पुगेका थिए । नागरिकता देखि अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परीचय पत्र नपाउदा सरकारले प्रदान गर्ने विभिन्न सेवाबाट बन्चित हुँदै आएका थिए ।“२००४ सालमा जन्मे को हु आज बल्ल यो नागरिकता पाए,निकै खुशी लागेको छ” रकुवाकी वसन्ति फाल मगरले हसीलो अनुहार बनाउदै भनिन । बि.स. २००४ साल कात्तिक १७ गते जन्मिएकी रकुवा गाविस ५ निवासी वसन्ति फाल मगरले आफू ६९ वर्षको हुदा नागरिकता पाएकी हुन । नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर सहित विभिन्न कार्यालयका प्रमुख सहितको टोली एकिकृत घुम्ति शिवीरका लागि डेढगाउ पुगेकोमा मगरले शिवीर नागरिकता बनाएकी हुन ।


“यहाका जेष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्ति बजार (सदरमुकाम )सम्म पुग्ने अवस्थानै थिएन” डेढगाउका स्थानीय बिरबहादुर बि.सीले भने  घुम्ति शिवीरले गर्दा धेरै सरकारी सेवा सुविधाबाट बन्चित हुँदै आएका स्थानियले सेवा प्राप्त गर्ने भए ।

दुई दिनसम्म चलेको शिविरमा जिल्ला प्रशासन कार्यालय नवलपारीले ४ सय ३२ जनालाई नागरिकता वितरणगरेको छ ।यस्तै जिल्ला पशु सेवा कार्यालयबाट २ सय ६७ घरधुरीका २ हजार १ सय ८५ वटा पशुपक्षिको उपाचार,जिल्ला कृषि विकास कार्यालयबाट १५७ जनालाई कृषि बालिमा राख्ने बिषादी वितरण र ३ सय २० घरधुरीलाई विभिन्न तरकारीका बिउबिजन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशासकीय अधिकृत ज्योति राज अर्यालले जानकारी दिए ।

शिविरमा घरेलु तथा साना उद्योग कार्यालयबाट ४३ वटा प्राईभेट फर्म दर्ता गरिएकोमा दर्ता शुल्कबाट १ लाख ८० रुपैया राजश्व संकलन भएको छ भने जिल्ला आर्युवेदिक कार्यालयबाट ४सय ९२ जनालाई स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरिएको समेत अधिकृत अर्यालले बताए ।
यस्तै शिवीरमा महिला तथा बालवालिका कार्यालयबाट जेष्ठ नागरिक र अपाङ्गता भएका गरी ४ सय ५६ जनालाई परीचय पत्र वितरण गरिएको छ भने जिल्ला निर्वाचन कार्यालयले ३ सय ८५ जनाले सेवा लिएको निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताउनु भयो । बिकट पहाडि गाविसका स्थानिएको सुबिधालाई मध्यनगर गरी शुक्रबार र शनिवार दुई दिन एकिकृत घुम्ति शिविरको संचालन गरिएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्