माघ-९, कावासोती, खगराज सापकोटा । नवलपरासीको रजहर-४ कुलेनी मा करेन्ट लागेर चार जना घाइते भएका छन् । बिन्दु मायाँ तामाङको घरमा बुद्दको पुजा गर्ने क्रममा फलामको लिङगोमा झण्डा राखी खडा गर्ने क्रममा अचानक लिङगो ढल्न गई बिधुतको मेन लाईनमा परी करेन्ट सर्ट भएको थियो । उक्त घटनामा नवलपरासी रजहर गा.वि.स ४ बस्ने हस्त बहादुर तामाङ, सोहि ठाउँ बस्ने सोमान सिंह तामाङ, बिन्दुमायाँ तामाङ, निमर लामा घाइते भएका हुन । जसमध्ये हस्त बहादुर तामांगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको को उपचारको लागी भरतपुर चितवन पठाईएको छ ।