24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

विरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड, चिकित्सक संघले भत्सर्ना गर्यो

- Advertisement -Flowers in Chania

माघ-९, काठमाण्डौ, बिरामीको मृत्यु भएको भन्दै काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा मृतकका आफन्तहरूले तोडफोड गरेका छन्। सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ वर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भीडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई अभद्र व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ। नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेका थिए। घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच घटनापछि अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको छ। सडक दुर्घटनामा परेका नगरकोटीको शल्यक्रिया सफल भएपनि स्पाइनल प्यारालाइज हुने जानकारी चिकित्सकले आफन्तलाई गराएको दावी अस्पतालको छ । त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ । सोही बिषयलाई अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहेको अस्पतालका चिकित्सक र कर्मचारीहरुले बताए। उता, बिरामीका आफन्तले भने अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन्। mis nawlps

यसैबीच नेपाल चिकित्सक संघले एक विज्ञप्ति निकालेर उपचारका क्रममा मृत्यु भएको घटनाको विषयमा विरामीका आफन्तले अस्पताल प्रशासनभित्र पसी तोडफोड गर्दै स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हात पात गरेको भन्दै भत्सर्ना गरेको छ। उसले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेको छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्