27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 05:28

TRENDING .

छक्का पन्जा काण्ड : कावासोतीमा प्रदर्सन निष्पक्ष छानविनको माग

- Advertisement -

नवलपरासी–चलचित्र ‘छक्का –पञ्जा ’ लिकं गरेको आरोप लागेका जिल्लाको कावासोतीका २३ वर्षिय कृष्ण सुवेदीको घटनाको सम्बन्धमा निष्पक्ष छानविनको माग गर्दै आईतबार कावासोतीमा प्रदशर्न भएको छ । घटना घटेको ११ दिन बितीसक्दा समेत घटनाको  तथ्य बाहीर आउन नसकेको भन्दै प्रभावकारी छानविनको माग गर्दै चक्का जाम सहित विद्यार्थीहरुले  विरोध र्याली प्रदशर्न गरेका हुन् । नेविसंघ कुरमारवर्ती ईकाई , मध्यविन्दु र जिल्ला स्तरका विद्यार्थीहरुको अगुवाईमा विरोध र्याली प्रदशर्न भएको हो । विद्यार्थीले घटनामा सम्लग्न दोषिलाई कारवार्हीको माग गर्दै पुर्वपश्चिम राजमार्ग विहान ९ बजे देखी १० बजे सम्म अवरुद्ध पारेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या नभै हत्या भएको मृतकका परिवारको दाबी रहेको छ । दोषि लाई कडाभन्दा कडा कारवार्हीको माग समेत गरेका छन् । चित्त बुझ्दो छानवीन नभएर घटना लाई बेवास्ता गरीए थप सर्घषका कार्यक्रम गर्ने विद्यार्थीले चेतावनी समेत दिएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्