कावासोती, माघ-०९ , नेपाल तामाङ घेदुङ नवलपरासीको चौथो जिल्ला अधिवेशनले बावुलाल लुङ्गबाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा सेरीमाया तामाङ, सचिवमा मंगल लामा, सह सचिवमा शान्ती तामाङ , कोषाध्यक्षमा मंगल पाख्रिन रहनु भएको छ गए राती अवेर सम्पन्न बन्दशत्रबाट सर्वसम्त रुपमा नया कार्य समिती चयन गरीएको हो । त्यस अघि मन्जुश्री सम्बत २८५३ औं सोनम ल्होछारका अवसरमा कावासोती था अगाडी खुल्ला चौरमा बिबिध सास्कृति कार्यक्रम समेत सम्पन्न भएको छ। कावासोती थाना अगाडीको खुल्ला चौरमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ का केन्द्रीय अध्यक्ष मोहन गोले प्रमुख अथितिको रुपमा उपस्थिति रहेको थियो । अधिबेशनमा नवलपरासीका विभिन्न १४ इकाईबाट ७० जना भन्दा बढी प्रतिनिधि तथा पर्यबेक्षकको उपस्थिती रहेको आयोजकले जानकारी दिएको छ ।