27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:47

TRENDING .

स्टारहाङ्को पहिलो एल्बम “मनको जलन” सार्वजनिक

- Advertisement -

स्टारहाङ्को पहिलो एल्बम “मनको जलन” सार्वजनिक युवा गीतकार स्टारहाङ वान्तवा “जलनको” एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली गीति एल्बम “मनको जलन” हिजो सार्वजनिक भएको छ। सगरमाथा टेलिभिजनको लोकप्रिय कार्यक्रम play store मार्फत गरिएको एल्बम विमोचन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार डा.कृष्णहरी बराल, गायक दिपक लिम्बु र संगीतकार राज खड्काले संयुक्तरूपमा गीति एल्बम “मनको जलन” सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरी बरालले एल्बमको बारेमा चर्चागर्दै शब्दहरु निकै राम्रो रहेको र शब्दले मागेको जस्तै संगीत संगीतकारले दिन सफल भएकोले पनि गीतहरु निकै राम्रो बनेको बताउनुभयो। साथमा उहाँले भन्नुभयो गीतकारको गीति लेखन यात्रा निकै आश लाग्दो रहेको र पहिलो कोसेली स्वरुप एउटा सिङ्गो एल्बम लिएर बजारमा आउन निकै चुनौती पुर्ण भएता पनि गीतकारले त्यो चुनौती पार गर्दै “मनको जलन” लिएर आउन सफल भएकोमा बधाई साथै एल्बम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। यसैगरी नेपालकै चर्चित गायक दिपक लिम्बुले पनि एल्बममा समाबेश गरिएका गीतहरु को निकै लामो प्रसंसा गर्दै आफुलाई पनि “मनको जलन”मा समाबेश गर्नुभएकोमा गीतकार र संगीतकार प्रती खुशी ब्यक्त गर्दै एल्बम सफलताको शुभकामना दिदै आगामी दिनहरुमा पनि सँगै सहकार्य गरेर अगाडि बड्ने बताउनुभयो। उक्त गीति एल्बम “मनको जलन”मा ६ वटा गीतहरु समाबेश गरिएका छन् भने एउटा म्युजिक ट्र्याक सहित जम्मा ७ वटा म्युजिकहरु संग्रहहित छन्। जसमा एकल संगीत गायक तथा संगीतकार राज खड्काको रहेको छ भने आवाज नेपालकै ख्यातिप्राप्त गायक गायिकाहरु प्रमोद खरेल, दीपक लिम्बू, हेमन्त शर्मा, मेलिना राई,सुमिना लो र राज खड्काले दिनुभएका छन्। गीति एल्बम मनको जलनमा समाबेश ६ वटा गीतहरु मध्य ३ वटा गायक प्रमोद खरेलको आवाजमा रहेको “मुटु झिकेर कसरी दिउ” गायक दिपक लिम्बुको आवाजमा रहेको “मृग नयनी आँखा” र गायिका मेलिना राईको आवाजमा रहेको “सम्झेर तिमी आँसुले मेरो” बोल रहेको गीतहरुको म्युजिक भिडियो समेत बनाइएको छ।उक्त म्युजिक भिडियोहरु सोही विमोचन कार्यक्रम मार्फत सार्वजनिक गरिएको र युटुबमा पनि अप्लोड गरिसकिएको गीतकारले जानकारी दिनुभएको छ।म्युजिक भिडियोहरु मा नेपाल र नेपाल बाहिर बिदेशका विभिन्न सहरहरुका रमणीय दृश्यहरु देख्न सकिने छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्