27 C
Kathmandu
Saturday, June 19, 2021

नेपालकै ठुलो भनिएको नवलपरासीको धौवादी फलामखानीको यसरी हुदैछ विस्तृत अध्ययन सुरु, २५ करोड टन फलाम रहेको अनुमान

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-८, खगराज सापकोटा । नवलपरासी जिल्लाको धौवादी खानी गाउंमा फेला परेको फलाम खानीको विस्तृत अध्ययनका लागि भुगर्भविद् सहितको टोली खानी स्थल आईपुगेको छ । गत बर्षको चैतमा प्रारम्भिक अध्ययन गरेको खानी तथा भुगर्भ विभागका प्राविधिक सहितको टोली ‘ड्रिल मेसीन ’ प्वाल पार्ने मेसीन सहित आएको हो । यो खानी लाई नेपालमा अहिले सम्मकै ठुलो फलाम खानीकोरुपमा विभागले विस्तृत अध्ययन सुरु गरेको छ ।  २०६७ सालमा  कोईला खानीको अध्ययन गर्न धौवादी आएको भुर्गवविद्हरुको टोलीले कोईला नभएर फलाम भएको निष्कर्ष निकालेपछि अघिल्लो वर्षको चैतबाट अध्ययनको काम सुरु भएको हो । प्रारम्भिक अध्ययनमा यो क्षेत्रमा १० किलोमीटरमा फलाम खानी फैलिएको भएपनी अहीले २ किलोमीटर सम्मको मात्र विभागले विस्तृत अध्ययन सुरु गरेको छ । विस्तृत अध्ययनका लागि २१ जनाको टोली खानी स्थल आईपुगेको हो । खानी भएको स्थान विकट पहाडी क्षेत्र भएकाले ड्रिल मेसीन खानी सम्म पुर्याउन समस्या भएकाले ड्रिल मेसनिका लागि बाटो बनाउनुपर्ने अध्ययन टोलीले जनाएको छ । भुगर्भविद् नारायण बास्कोटाका अनुसार ८० दिन लगाएर यहांको विस्तृत अध्ययन गरीनेछ । ‘अहीलेको अध्ययन गहन हुनेछ , ड्रिल मेसीन सहित आएका छौ , यस्मा भएको फलामको परिणाम र गुणस्तर समेत निक्यौल हुनेछ । ’उनले भने ।
धौवादी ३ परापुर्वकाल देखी नै खानी गाउंकारुपमा चिनिने गर्दथ्यो । पहिले पहिले यही बाट ढुङगा, माटो लगेर छान्ने र आगोमा तताएर काचों फलाम निकालेर हसियां, कोदालो लगायतका सामाग्री बनाउने गरेको स्थानीय दान बहादुर रानाले बताए । रानाका अनुसार पहिले पहिले यहांको किट संकलन गरेर प्रशोधन गर्ने केन्द्र समेत सञ्चालनमा रहेको आफ्ना पुर्खाहरुले बताउने गरेका थिए । अहीले पनि धौवादी ३ मा रहेको डाडांमा १ सय बर्ष भन्दा पुरानो सुरुङ रहेको छ । जहां बाट फलाम जस्तो देखीने दुङगा र माटो निकालिएको छ । धौवादी देखी रुचा¨ गाविस सम्म फैलिएको फलाम खानीको विस्तृत अध्ययन सुरु गरेसंगै खानी आसपासका स्थानीयले आफुहरुको ब्यवस्थित बसोबास उठ्ने होकी भन्ने पिरलोमा परेका छन् । स्थानीयले फलामखानी उत्खनन् अत्यावश्यक भएपनी आफुहरुको समेत सरकारले उचित व्यवस्थापन गरीदिनुपर्ने बताएका छन् । गाविस सचिव विकास नरसहिं राणाले अध्ययन टोली लाई गाविसले आवश्यक सहयोग गरेको बताए । यसअघि प्रारम्भिक चरणमा २५ करोड टन भन्दा वढी फलाम रहेको अनुमान गरीएको थियो । साथै अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिसत देखी ५८ प्रतिसत सम्म फलामको मात्रा भएको नमुना संकलन गरीएको थियो । यसखानीको व्यवस्थित उत्खनन् गर्न सक्ने हो भने नेपाल लाई आवश्यक पर्ने फलाम वर्षौंसम्म पूर्ति हुने खानी तथा भूगर्भ बिभागले जनाएको छ ।   एक सय हेक्टर क्षेत्रफल भित्र चालु बर्षको अन्तिम सम्ममा डिटेल सर्भे सक्ने गरी काम हुनेछ ।  यहांको फलाम मुलुकका अन्य स्थानमा भेटीएको फलाम भन्दा गुणस्तरीय रहेको अध्ययनले देखाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्