27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:34

TRENDING .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएसंगै गरे यस्तो उद्घोस ‘अमेरिकी ध्वंस’ रोक्ने घोषणा

- Advertisement -

माघ-८, एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएपछि अमेरिकामा बन्द उद्योग, व्याप्त अपराध र विफल शिक्षा प्रणालीका दुष्परिणामबारे बोल्दै आफ्नो कार्यकालले त्यसमा परिवर्तन ल्याउने प्रतिवद्धता जनाएका छन्। उनले उनकै शब्दमा अमेरिकाको ध्वंस यही बेला र यही ठाउँबाट रोकिने बताए। ट्रम्पका हजारौं समर्थकले उनको शपथको साक्षी बन्न देशभरका थुप्रै ठाउँमा खुशियाली मनाएका थिए।

कार्यकारी कदम

उनले शपथ लिएको क्षणसंगै धनाढ्य उद्योगपतिको विवादास्पद चुनावी प्रचारपसारपछिको अकल्पनीय ठानिएको यात्राको अन्त्य भएको छ। शपथ ग्रहणको कार्यक्रम लगत्तै ट्रम्पले देशको ४५ औं राष्ट्रपतिको रुपमा कार्यकारीको हैसियतले केही प्रारम्भिक हस्ताक्षरहरु गरेका छन्। उनले आफ्नो मन्त्रिपरिषदका सिफारिसलाई सिनेटमा पठाएका छन् भने देशभक्ति सम्बन्धी राष्ट्रिय दिवस मनाउनेबारे पनि उनले घोषणा गरेको सञ्चार अधिकारीले जनाएका छन्।

उनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल जेम्स म्याटिसलाई उनको नियुक्तिका लागि उनले जागिर छाडेको अवधि नपुग्ने भए पनि कानुनमा केही छुट दिने गरी हस्ताक्षर गरेका छन्। सिनेटले उनको सहित अवकाशप्राप्त जेनेरल जन केलीलाई होमल्याण्ड सेक्युरिटि मन्त्रीमा अनुमोदन गरेको छ।

ह्वाइट हाउसको वेबसाइटमा ओबामाका नीतिहरुलाई ट्रम्पका नयाँ एजेन्डाले विस्थापित गरेको देखिएको छ। ट्रम्प प्रशासनले वेबसाइटमा जम्मा ६ वटा मुद्दाहरुलाई सूचीकृत गरेको छ जसमा उर्जा, विदेश नीति, रोजगारी र वृद्धि, सेना, कानुन र व्यापार सम्झौता रहेका छन्। आलोचकहरुले वेबसाइटमा नागरिक अधिकार, समलिंगी अधिकार, स्वास्थ्यसेवा र जलवायु परिवर्तनबारे केही उल्लेख नभएको बताएका छन्।

सम्बोधन

ट्रम्पलाई प्रधानन्यायाधीश जन रोबर्टसले शपथ दिलाएपछि ट्रम्पले सम्बोधन गरेका थिए। उनले आफ्नो अन्तिम सास रहेसम्म जनताका लागि लड्ने र उनीहरुलाई कहिल्यै कमजोर महसुस हुन नदिने बताए। उनले यसभन्दा अघि कहिल्यै नभए जसरी अमेरिकाले पुन: एकपटक जित्ने बताए।

उनले रोजगारीका अवसर, देशको सीमा, अमेरिकाको वैभव र सपना फिर्ता ल्याउने बाचा गर्दै भने, “मिलेर हामी अमेरिकालाई फेरी गर्ववान्वित बनाउनेछौं। हामी फेरि अमेरिकालाई सुरक्षित बनाउने छौं। र हो हामी अमेरिकालाई फेरि एकपटक महान् बनाउनेछौं। धन्यवाद। भगवानले तपाईँहरुको रक्षा गरुन्। र अमेरिकाको रक्षा गरुन्।”

ट्रम्पले संसदमा भएको दिवाभोजका क्रममा संक्षिप्त बोल्दै डेमोक्रेटिक पार्टी तर्फकी प्रत्यासी हिलरी क्लिन्टन र उनका पति पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई धन्यवाद दिए। उनको धन्यवादपछि हिलरी दम्पतीले ताली बजाएका थिए। उनले आफ्नो सम्बोधनमा वासिङ्टनका राजनीतिज्ञहरुले बेवास्ता गरेका र बिर्सिएका मानिसहरुको आवाज आफू बन्ने बाचा गरे। उनले आजको दिन अमेरिकाका जनता पुन: आफ्नो देशको शासक बनेको बताए।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्