27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:51

TRENDING .

नवलपरासीमा नरभक्षि बाघको लगातार आक्रमण, मर्नेको संख्या ४ पुग्यो नियन्त्रणका लागि कुनै पहल भएन

- Advertisement -

कावासोती, माघ-८ । माघ ३ गते बाघको आक्रमणबाट घाइते भएकी नवलपरासीको कावासोती १६ डण्डा निवासी सुमित्रा गिरीको बिहिबार राति उपचारको क्रममा निधन भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बाघको आक्रमणबाट ५० बर्षीया सुमित्रा गिरी र छोरी २८ बर्षीया टुकमाया गिरी घाइते भएका थिए । छोरी टुकमाया गिरीको अवस्था अहिले सामान्य रहेको छ ।
जंगलमा घांस दाउरा गर्न गएको समयमा बाघको आक्रमणबाट आमा छोरी घाइते भएकी हुन् । घांस दाउरा गर्न गएको अन्य साथीहरुले देखेपछि उनीहरुको उद्घार गरिएको थियो ।
नवलपरासीमा यो सहित बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यस अघि कात्तिक ७ गते चोरमारा अम्रसामा ज्ञानी माया मगर्नी, कात्तिक२९ गते कावासोती रातामाटेमा डिलबहादुर श्रेष्ठ र मंसिर १० गते दुम्किबास बघुवनमा अस्मिता मर्साङ्गीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
नवलपरासीको लोहाका जंगलदेखि दुम्किबाससम्म बाघको आतंक मच्चिएको छ । जसले गर्दा सांझको समय सर्वसाधारण घरबाहिर हिडडुल गर्न समेत कम गरेका छन् । बाघले रातिको समयमा घरघरमा आएर घरगोठबाट घरपालुवा जनवार थुतेर समेत खाने गरेको छ जसले गर्दा रातमा समयमा सर्वसाधारण घरबाट बाहिर निस्कन समेत डराउने गर्दछन् । तर, नरभक्षि बाघलाई नियन्त्रणलाई लिन कसैले प्रयास गरेको देखिनैन् ।
बाघको आक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने घरपालुवा जनवार कति खाए त्यसको कुनै लेखा जोखा नै छैन । एकातिर गैंडाको आतंक र अर्को तिर बाघको आतंकले सर्वसाधारण निक्कै आतंकित भएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्