27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी सँगठन (टान नवलपरासी) को प्रथम भेला कावासोतीमा सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-७, कावासोती, नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी सँगठन (टान नवलपरासी) को प्रथम भेला कावासोतीमा सम्पन्न भएको छ । त्रिबेणी देखी गैडाकोट सम्मका होटल ब्यबसायी, धार्मिक, पर्यटन , पर्या-पर्यटनमा कृयाशिल ब्याक्तिहरुको भेलाले धनीराम गुरौको अध्यक्षतामा ११ सदस्य तदर्थ कमिटी चयन गरेको छ । भेलाको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तिलक महतले सुखी नेपाली सम्बृद्ध नेपाल भन्ने उधेश्य पूरा गर्न अबको राजनिती ब्यबसायी केन्दृत हुनुपर्ने कुरामा जोड दिनु भयो । त्यसैगरी पर्यटनको दिगो बिकाश बिना यस प्रदेशको सम्बृद्धी हासिल गर्ने कुरा असम्भव भएकोले यसको पूर्बाधार बिकाशका लागी नेकपा एमाले सजग रहेको कुरा रोशन बहादुर गाहाले वताउनु भयो । सामुहिक प्रयासमा थालिने ग्रामिण पर्यटन, पर्यटकिय क्षेत्रको सुरक्षा र सिमान्तकृत बस्तीहरुको उत्थानमा कोसे ढुङ्गा हुने बताउदै मिलेर अघी बढ्नु पर्ने कुरामा होम स्टे एसोसियनका केन्द्रिय महासचिब प्रेमशङ्कर मर्दनियाले जोड दिनुभयो । नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी संगठन प्रादेशिक कमिटिका सह सचिब जीवन सापकोटाले सुख र सम्बृद्धी आफ्नै हातमा रहेकोले सबैखाले निराशा र परनीर्भरता अन्त्य गर्न हाम्रा प्राकृतिक बैभवको पहिचान, सम्वर्धन र प्रबर्धनका लागी जनमुखी एकिकृत योजना र पारदर्शी सन्चालन बिधी अनिवार्य रहेको औल्याउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्