27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:13

TRENDING .

तमलोपामा असन्तुष्टलाई मिलाउन हम्मे हम्मे, कार्यसमिति विस्तार, अब सात जना महासचिव, छ सहमहामन्त्री

- Advertisement -

तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको कार्यसमिति समावेशी नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

असन्तुष्टलाई मिलाउनका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरले सात जनालाई विभिन्न पदाधिकारीमा चयन गरेका हुन् ।

जसअन्तर्गत डा. विजय सिंहलाई, उमाकान्त झा, चन्दा चौधरी, जितेन्द्र सिहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु यसअघि केन्द्रीय सदस्य थिए ।

त्यस्तै डा.सुरेन्द्र झा, समिम मियाँ अन्सारी र रामप्रवेश बैठकलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु पनि यसअघि केन्द्रीय सदस्य थिए ।

बनाइएको थियो । दोस्रो पटक विस्तार हुँदा मात्र जितेन्द्र सोनललाई महामन्त्री बनाइएको थियो । अहिले तेस्रो पटकको विस्तारमा चारजना महामन्त्री थपिएका हुन् ।

यसअघि तीनजना सहमहामन्त्रीमा जयप्रकाश ठाकुर, पशुपति मिश्रा र राकेश मिश्र थिए । अब पार्टीमा छ जना सहमहामन्त्री भएका छन् ।

अहिले जतिजनालाई पदाधिकारीमा ल्याइएको छ, उनीहरु सबै पार्टी नेतृत्वको आलोचना गरिरहेका थिए । फेसबुकमार्फत उनीहरुले कार्यसमितिको खुलेर विरोध गरेका थिए ।

उच्च जाति (बाहुन) हरुको पार्टी भयो भनेर नेताहरुले असन्तुष्टि जनाइरहेका थिए । सोही विरोधका कारण बाध्य भएर पदाधिकारी विस्तार गरिएको हो ।

पार्टीलाई गतिशिल बनाउन विभिन्न जात–जाति समुदाय वर्गलाई पार्टीमा सहभागि गराउनका लागि विधानको धारा २६ (क) ३ को अनुसार उनीहरुलाई पदाधिकारीमा ल्याएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

महाधिवेशनबाट पदाधिकारीमा नल्याएपछि जितेन्द्र सिंहले तमलोपा राजावादीको कब्जामा गएको आरोप लगाएका थिए । अहिले उनलाई महामन्त्री बनाइएको छ । उनले पार्टीले महाधिवेशनको नाटक मञ्चन गरेको आरोप लगाउँदै केन्द्रीय समिति अलोकतान्त्रिक प्रकृयाबाट भएको पनि आरोप लगाएका थिए ।

त्यतिमात्र होइन, महन्थ ठाकुर, ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला र बृषेशचन्द्र लालले षड्यन्त्र गरेर पदाधिकारीमा आएको उनले आरोप लगाएका थिए । आज त्यही अलोकतान्त्रिक कार्यसमितिका महामन्त्री भने उनले स्वीकार गरेका छन् । जितेन्द्र सिंहले पार्टी छाड्ने तयारी पनि गरिसकेका थिए ।

ब्राहमणवादीको कब्जामा रहेको तमलोपाका नेतृत्व पंक्तिले आफूहरुसँग विश्वासघात गरेको पनि उनले आरोप लगाएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्