माघ-७, बिबेक भण्डारी । जिल्लामा रहेका वन संरक्षण गर्ने उद्देश्यले पहिलो पटक नवलपरासीमा पनि बायोमास कार्यक्रम आयोजना गरिएको छ । वनमा उब्जने विभिन्न किसिमका जंङगलि घास तथा झ्याङहरुले अन्य बोट विरुवालाई हुर्कन नदिने हुदा बायोमास संञ्चालन भए पछि वन संरक्षण हुने बताइएको छ । बनमा उब्जने अनावस्यक बोट विरुवालाई एक ठाउमा संङकलन गरि आगोलगाइ त्यसबाट कोइला उत्पादन हुने हुदा यसबाट आम्दानिको बाटो पनि हुने देखिएको छ । बायोमास बनाउने विधि देशका विभिन्न स्थानमा सुरु भइसके पनि सुरु गरिएको सरोकारवालाहरुले बताएका छन । बायोमास पद्धति केवल वन सरसफाइमा मात्र नभई आम्दानिको हिसावले पनि उपयुक्त हुने नमुना बायोमास प्रा लिका प्रमुख चन्द्रमणि भटराइले जानकारी गराउनुभयो ।