27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:30

TRENDING .

नवलपरासीका भुसाल ३ बर्षदेखि साउदी जेलमा, आमा रुदै भन्छिन दसैँ पछि फोनै आएन

- Advertisement -

कावासोती, माघ – ७। नवलपरासीको मध्यविन्दु नगरपालिका ४ मदनपुर ३६ बर्षीय थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा रहेका छन् । उनलाई दुर्घटनामा लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । दशै यता छोराले फोन नगरेको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
आमा यमकलाले भनिन् – अन्तिम पटक दशैंको टिको दिन फोन गरेको थियो । फोनबाट आर्शिवाद दिए । त्यसपछि सम्पर्क छैन । आमा यमकलाका रुदै भन्छिन ।  थानेश्वरले फोन गर्दा आफूसंग मोबाइल पैसा नभएको र साथी भाई कसैको मोबाइलमा पैसा हुंदा फोन गर्न पाउंदा गर्छु । तपाईहरुले नगर्नु यहां त्यो नम्बरमा फोन लाग्दैन भनेर भन्ने गर्दथे ।
थानेश्वरको परिवारले थानेश्वरलाई छुटाउन पटक पटक पहल गरेपनि छुटाउन नसकेको र उनलाई नेपाल फर्काउनका लागि पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेका छन् ।

दुई भाइ दाजुभाइ मध्ये जेठा छोरा थानेश्वर भुसाल ६ बर्ष अघि साउदी गएकोमा तीन बर्षदेखि साउदीको जेलमा छन् । भने कान्छो भाइ हिमप्रसाद भुसाल कतारमा चारबर्षदेखि कार्यरत रहेका छन् । भाइ दोस्रो पटक वैदेशिक रोजगारका लागि कतार गएका हुन् ।
२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको ट्रिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको ट्रिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी २ जनाको ज्यान गएको थियो ।

थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटनामा पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउँन खोज्दा कम्पनीको साहूले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी अहिले ३ बर्षदेखि जेलमा रहेका छन् ।
के विषयमा मुद्दा हालिएको छ ? कति सजाय तोकिएको छ छैन आफूहरुलाई प्रष्ट जानकारी नभएको भुसालकी दिदी कृष्णमाया भट्टराईले बताइन् । उनीहरुले सामी परियोजनामा रिहाईका लागि पहल गरिदिन आग्रह गरेको र सोही अनुसार काम अगाडि बढाएको सामी परियोजनाका रितुराम सोतीले बताए।t-b-
उनका परिवारले परराष्ट्र मन्त्रालय, साउदीमा रहेको नेपाली दुताबासमा समेत रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए। दुताबासले पहल गरिरहेको दुताबासका रेवती पौडेललाई उद्धृत गर्दै उनका आमा यमकला भुसालले बताइन् ।
उनी हसेन हल हर्वीमा काम गर्दथे। कम्पनीले लाइसेन्स नदिएको कारण थानेश्वर भुसाल जेल परेको हुन सक्ने उनीहरुको अनुमान छ । इन्नोभेटिभ मेनपावर कम्पनीबाट विदेश गएका उनलाई कम्पनीले छुटाउन कुनै पहल नगरेको र कम्पनीलाई आग्रह गर्दा अहिले फोन समेत नउठाउने गरेको आमा यमकलाले बताइन् । थानेश्वरकी दिदी भट्टराईले मेन पावर कम्पनी र थानेश्वरले काम गर्ने कम्पनी दुवैले छुटाउनका लागि कुनै पहल नगरेको बताइन् । श्रीमान् दुर्घटनामा परेर जेल परेको थाहा पाएपछि उनकी श्रीमतीले घर छाडेर गएकी छिन् ।
उनले विवाह गरेको केही समयमै विदेश गएका थिए। थानेश्वरकी आमा छोरा रिहाई भएर आए अब विदेश नपठाउने र घरै सुखदुख गरेर बस्न लगाउने समेत बताइन् । छोरा जेल परेको थाहा पाएपछि विक्षिप्त भएकी आमा यमकला भुसाललाई सामी परियोजनाले मनोपरामर्श दिएको र थानेश्वरलाई छुटाउन पहल गरिरहेको सामी परियोजनाका मनोपरामर्शदाता रामु बरालले बताए ।

कहांं कहां धाए थानेश्वरका परिवार

थानेश्वरका परिवार थानेश्वरको खोजी र रिहाईको पहल गरिदिन भन्दै सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने संस्था सामी परियोजनादेखि लिएर परराष्ट्र मन्त्रालयसम्म धाएका छन् । त्यति मात्र नभएर थानेश्वरलाई विदेश पठाउने मेन पावर कम्पनी इन्नोभेटिभ ह्युमन रिशोर्स डेभ्लब्मेण्ट प्रा.लि.पनि पुगे । कम्पनीले कुनै पहल नगरेको र पछिल्लो समय फोन समेत नउठाउने गरेको आमा यकमलाले बताइन् । उनका परिवार साउदीमा रहेको नेपाली दुताबासको नम्बर खोजेर सोझै सम्पर्क पनि गरेका छन् । दुताबासले थानेश्वरलाई भेट्न उनलाई राखेको जेलसम्म गएपनि भेट्न नदिएको उनले बताइन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्