काठमाडौं, माघ- ७, न्याय नपाए अदालत जानू, न्यायाधीसले न्याय दिलाउँछन्। कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीशप्रति आस्था पनि उत्तिकै छ। कतिपयले न्यायाधीसलाई ईश्वरकै प्रतिमूर्ति मान्छन्।
यो कथा तिनै न्यायमूर्तिको हो जो आँफै अन्यायको जाँतोमा पिधिँइरहेको छन्। एक होइन, दुई होइन, तीन होइन, ३२ बर्षदेखि।
अझ आश्चर्य त सधैं अरुलाई न्याय दिने यी न्यायाधीसमाथि अन्याय गर्ने कुनै व्यत्ति होइन। स्वयं राज्य हो।
उनी अर्थात न्यायापरिषदमा कार्यरत न्यायाधीस प्रकाशकुमार काफ्ले। ३२ बर्षअघि न्यायधीस नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन्। उच्च अदालतका ८० जना न्यायाधीस नियुक्त हुदा समेत आफू नपरेपछि उनी न्याय माग्न अदालत आएका छन्।
उनले आफूलाई अन्याय भएको दावी गर्दै सर्वोच्च अदालतमा गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ।
न्यायधिस भइ काम गरेको ३२ वर्ष पुगेछ, ’ सर्वोच्च अदालतमा बिहिबार भेटिएका उनले भने, ‘कहिले समावेशी भएन, कहिले अर्को नियुक्ति हेरौंला भनी मलाई सिफारिसमै अटाइएन तर यसपटक पनि नभएपछि न्याय माग्न सर्वोच्च आएको हुँ।’
आफूले न्याय पाउनेमा उनी ढुक्क पनि छन्। भने, ‘अदालतले न्याय दिँदैन भनी म न्यायाधिस कसरी अविश्वास गरुँरु’
काफ्ले जिल्ला न्यायाधिशहरुको सूचीमा पहिलो नम्बरमा थिए। तर, परिषदले कानुन, न्याय समूह, जिल्ला न्यायधिश, पूर्व अतिरिक्त न्यायधिस र कानुन व्यवसायी गरी ८० जनालाई नियुक्त गर्दा उनी त्यसमा परेनन्।
आजको नागरिक दैनिकबाट