माघ-६, कावासोती, खगराज सापकोटा। नवलपरासीको पहाडी गाबिस बुलिङटारमा प्रथम महोत्सव हुने भएको छ। यही माघ १४ देखि १७ गते सम्म नवलपरासीको सबैभन्दा अग्लो चुचुरो देवचुली र बरचुलीको टाकुरामा हुने उक्त महोत्सवमा बिशेष आकर्षणको रुपमा देवचुलीको पहाडमा ट्रेकिङ, स्थानीय सास्कृतिक प्रस्तुति , स्थानीय खानाका परिकार, कृषि उत्पादन, रहने छन् भने मनोरंजनका थप प्रस्तुतीमा पशुपती शर्मा, रामजी खाड, दिपक खड्का, यम क्षेत्री, जानकी तारामी मगर, जमुना राना, पूर्णकला बिसी, संजिव सिंग राना, हास्य कलाकार दिपक थापा र स्थानीय कलाकारको बिशेष प्रस्तुति रहने आज कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।