27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

नवलपरासीका निजीमा भन्दा सामुदायिक बिद्यालयमा आकर्षण बढ्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, माघ-६, नवलपरासीका राजमार्ग आसपासका सामुदायिक विद्यालयमा केही सुधार आएको भएपनी पहाडी र भित्री मधेश क्षेत्रका विद्यालयमा शैक्षिक गुणस्तर खस्कदो छ । राजमार्ग आसपासका केही सामुदायिक विद्यालयले निजी शैक्षिकसंस्था लाई समेत पछाडी पारेका छन् । निजीमा जस्तै अग्रेजी माध्ययमको अध्ययन अध्यापन हुने भएपछि अभिभावकले समेत सामुदायिक विद्यालयको गुणस्तर लाई आत्मसाथ गर्दै आफ्ना छोराछोरी निजी बाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गर्नेक्रम बढ्दो छ । तर जिल्लाको पहाडी क्षेत्रका सामुदायिक विद्यालयमा भने भौतिक पुर्वाधार , शिक्षक र विद्यार्थीको समेत अभाव रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङकले देखाउदछ ।  ५ सय ३४ सामुदायिक विद्यँलय र २ सय १३ ओटा निजी विद्यँलय रहेको जिल्लामा १ लाख ६० हजार ३ सय ४६ विद्यार्थी अध्ययन गरीरहेको सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लमसालले जानकारी दिए ।
जिल्लाको जनक उच्च मावी , भिमसेन उच्च मावी , शिव उच्च मावी , नेपाल उच्च मावी , महाकवि देवकोटा उच्च मावी नमुना सामुदायिक विद्यालयकोरुपमा चिनिन्छन् । प्रवेशिका परिक्षामा उत्कृष्ठ नतिजा दिन सफल समेत भएका छन् । तर जिल्लाको पहाडी र भित्री तराईमा रहेका सामुदायिक विद्यालयको अवस्था भने दयनिय छ । कही मुठी दान गरेर विद्यालय चलाउनुपरेको छ भने कही विद्यार्थी संख्या नै नभएर शिक्षक घाम तापेर दिन बिताउनुपर्ने अवस्था रहेको छ ।
कावासोती १५ शेरगञ्जको माझी प्रावि दुई जना शिक्षकको भरमा सञ्चालन भईरहेको छ । सिमान्तकृत माझी , मुसहर समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयले निजी सा्रेत बाट समेत शिक्षक राख्न नसक्दा नगरपालिका क्षेत्रकै बालवालिका शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था रहेको छ । ६० जना मात्र विद्यार्थी अध्ययन गर्नै गर्दछन् । तर कावासोती नगरपालिका २ मा रहेको राजमार्ग नजिकैको शिब उच्च मावी जिल्लाकै नमुना विद्यालयकोरुपमा परिचित छ । जहां सिसि कयामेरा बाट विद्यालयको निगरानी सहित विद्यार्थी अनुपातमा शिक्षक र जिल्ला तहमा नै उत्कृष्ठ नतिजा दिएको छ । जस्को कारण आसपासका निजी विद्यालय विद्यार्थी घट्ने पिरलोमा परेका छन् । निजीमा जस्तै गरेर टाई , जुत्ता लगाएर विद्यार्थी स्कुल जाने र अग्रेजि माध्ययम बाटै पढाई हुने भएपछि अभिभावकले निजी विद्यालय छुटाएर सामुदायिकमा भर्ना गर्ने लहर बढेको स्थानीय बाबुराम दाहालले बताए । उनका अनुसार बजारका केही सामुदायिक विद्यालयमा सुधार आएको भएपनि पहाडी र ग्रामिण बस्तिमा शैक्षिक गुणस्तर खस्कदो छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्