केन्याकी एक महिला सांसदले आफ्ना श्रीमानले मतदाता नामावली सूचीमा नाम दर्ता नगरेसम्म सम्भोग नगर्न महिलाहरुलाई अपील गरेकी छन् । केन्यामा आगामी ८ अगष्टमा निर्वाचन हुँदैछ । तर, धरैले मतदाता नामावलीमा नाम दर्ता नगराएछि केन्याकी सांसद मिशि मबोकोले त्यस्तो अपील गरेकी हुन् । फ्रेबरी १७ सम्म नामावली दर्ता गराइसक्नु पर्नेछ ।
श्रीमानले मतदाता कार्ड नदेखाएसम्म सम्भोग बहिष्कार गर्न ती सांसदले अपील गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
मबोको केन्याको तटीय शहर मोम्बासाबाट महिला प्रतिनिधि हुन् ।
‘महिलाले यो रणनीति अपनाउनुपर्छ, यो नै उत्तम हो,’ उनले भनेकी छन् ‘जवसम्म उनीहरुले आफ्नो भोटर कार्ड देखाउँदैनन् उनीसँग सम्भोग अस्विकार गरिदेउ ।’
यसको प्रयोगले मदाताको रुपमा नाम दर्ता गर्न अनिच्छुक ब्यक्ति पनि नाम दर्ताका लागि प्रोत्साहित हुने उल्लेख गरेकी छिन् ।
केन्यामा वर्तमान राष्ट्रपति उहुरु केनयाट्टा दोस्रो कार्यकालका लागि पुनः उम्मेदवार हुँदैछ ।
केन्यामा सम्भोग बहिष्कारको अपील विषय सामान्य हो । सन् २००९ मा सामाजिक कार्यकर्ताले एक हप्तासम्म सम्भोग हड्ताल गरेका थिए ।