माघ -६, खगराज सापकोटा ।
नवलपरासीको कावासोतीबाट गएराती विधुत चोरी गरेर बाल्ने १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मीटर बाईपास र हुकिङ्ग गरी बिधुत चोरी गरेको अवस्थामा कावासोती वडा नम्बर १० र १५बाट उनीहरूलाई नियन्त्रणमा लिईएको हो । ईलाका प्रहरी कार्यालय नवलपुर, शशस्त्र प्रहरी कार्यालय चोरामारा र बिधुत कार्यालय कावासोतीको सयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय नवलपुरका डि.एस.पी. राजेश थापाले जानकारी दिनु भयो । नियन्त्रणमा लिईएकालाई सबै जनालाई ईलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ । नियन्त्रणमा लिईएकालाई बिधुत ऐन अनुसार चुहावटको आधारमा जरीवाना गरेर छाडिने बिधुत कार्यालय कावासोतीका प्रमुख उमेश यादवले बताउनु भयो । बिधुत चोरी गर्नेहरूको सामाग्रि जफत गर्दै आएकोमा कतिपयले समाग्रि लिन नआइदिने गर्दा त्यति प्रभावकारी नभए पछि चुहावट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कार्वाही प्रकृया आगाडी बढाउन थालिएको प्रमुख यादवले बताउनु भयो ।