27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

नवलपरासीकोको पहाडी गाविस धौवादीमा लघु जलबिधुतले झिलिमिली

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-५, खगराज सापकोटा । नवलपरासीकोको पहाडी गाविस धौवादी ५ का स्थानीय गाउंमा बिजुली पुग्दा खुसी भएका छन् । बजार आउदा बिजुली बाट बत्ति , टिभि , रेडियो बजेको सुन्दा गाउंमा पनि बिजुली पुगे विकास होला भनेर आस गरेका स्थानीय लघुजलविद्युत निमार्ण गरेर विजुली बाल्न पाएपछि खुसी भएका हुन् । स्थानीय जंकत खोला बाट विजुली निकालेपछि स्थानीय अहीले उज्यालोमा बस्न पाएका छन् ।  ‘सुगम जिल्लाका बासीन्दा भनेर भनेपनि आफुहरु टुकी बत्तिमा रात बिताउनुपर्ने अवस्था थियो , अहीले गाउंकै मुहार फेरीए जस्तो भएको छ । ’ स्थानीय जित बहादुर आलेले भने । विजुली आएसंगै बालबालिका लाई अध्ययन गर्न, मोबाईल चार्ज गर्न र गाउंमा नै फोटोकपि गर्न पाएपछि स्थानीयले थोरै भएपनि विकासको अनुभुती गरेका छन् ।  सामान्य विद्युतिय कामका लागिसमेत घण्टौ लगाएर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । धौवादीका केही वडाहरुमा हावा बाट बिजुली निकालेर उपयोग गरेको भएपनि वडा नम्बर ५ हार्देमा भने गरिवले टुकी र आर्थिक अवस्था राम्रो भएकाले सोलार बाट बत्ति बाल्नुपर्ने बाध्यता थियो ।स्थानीय जंकत खोलाको पानी बाट विजुली निकालिएको हो । करिब ८ लाखको लागतमा १ दशमलव ५ किलोेवाट विद्युत निकालिएको गाविस सचिव विकास नरसीहं राणाले जानकारी दिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्