27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 01:53

TRENDING .

यस्तो उदाहरण जसले ७ कक्षा पढेर ४ सयलाई तालिम दिदै

- Advertisement -

इलाम–कुनै सीप सिकेर भविष्यमा गर्जाे टार्ने बाटो बनाउन २३ वर्षअघि काठमाडौं छिर्दा सोयाङकी देवकुमारी लिम्बूलाई आफू करोड रुपैयाँको उद्योग सञ्चालिका बन्छु भन्ने सपनै थिएन। सिलाइ–कटाइ सिकेर घर फर्किने सोचले राजधानी छिरेकी लिम्बूले जब ढाकाबुनाइ सिकिन्, जीवनकै आर्थिक प्रगतिको ‘यु–टर्न’ त्यही भइदियो।

लिम्बूले अहिले सदरमुकाममा करोड रुपैयाँ हाराहारी लगानीको ‘न्यु सम्झना ढाका उद्योग’ खोलेर २५ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छिन्। उनीसँग ढाकाबुनाइ सिकेका ४ सयभन्दा बढी महिला उद्यमीका रूपमा काठमाडौं, धरान, इलाम, पाँचथर, ताप्लेजुङ र झापामा छरिएका छन् । ‘आफूले गरेको उद्यम अरूका लागि पनि जीवन चलाउने राम्रो बाटो बनेकामा चाहिँ बढी सन्तुष्ट छु,’ उनले हर्षित हुँदै सुनाइन्, ‘मेहनत, लगनशीलता र तत्परताले सफलतातिर लैजाँदोरहेछ ।’

उनको प्रगति पनि साँच्चीकै लोभलाग्दो छ। कक्षा–७ सम्म गाउँकै स्कुलमा पढेपछि उनलाई सधैं स्कुल जाने ‘वातावरण’ मिलेन।  कुनै न कुनै रूपमा आर्थिक आम्दानीको बाटो समात्नु उनका लागि रहर र बाध्यता नै बन्यो। स्कुले पढाइ त्यहीं बिट मारेर २०५० सालमा काठमाडौं छिरेकी लिम्बूले कटिङ सिक्न पाइनन्। बरु, गलैंचा र ढाका बुन्न सिकिन्। २ वर्षपछि काठमाडौंको बानेश्वरमा ३ वटा तान भएको ढाका उद्योग सुरु गरेर आफूसहित ३ महिलालाई रोजगारीको अवसर सिर्जना गरिन् । २ वर्षपछि पुनः इलाम आएर उनले २५ हजार रुपैयाँ लगानीमा ढाका उद्योग खोलेकी हुन्।

दरमुकाममा ३ तानबाट सुरु गरेको उद्योग अहिले ४० तानमा पुगिसकेको छ। उनले अन्य साथीहरूबाट ठेक्का लिएकासमेत जोड्दा यो संख्या ५० भन्दा बढी पुग्छ। उद्योगमा ढाकाका टोपी, मफलर, साडी, बर्की, चोलो, रुमाल, झोला, टि–सर्ट, दौरा–सुरुवाल, कुर्ता–सुरुवाल र टाईलगायत उत्पादन हुन्छन् । यहाँको उत्पादन कोसेलीका रूपमा पर्यटकले लैजाने गरेका छन् । ‘ढाकालाई इलामको पहिचान बनाउन र यहाँको कोसेलीले सधैं पाहुनालाई इलाम सम्झाओस् भन्ने उद्देश्यले नै उद्योगको नाम सम्झना ढाका उद्योग राखेकी हुँ,’ उनले सुनाइन्, ‘नामअनुसार नै कोसेली पाइने भएकाले पर्यटक र पाहुना यहाँ आउँछन् ।

‘अहिले तपाइँको उद्योग जस्ताको तस्तै बेच्नुप¥यो भने कति रुपैयाँ पर्ला ?’ जिज्ञासामा उनले निर्धक्क भनिन्, ‘सबै हिसाब त्यसरी गरेकी छैन तर करोड रुपैयाँ हाराहारी ।’ उद्योगमा मासिक ५ देखि ७ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ । उद्योगकै आम्दानीले उनले इलाम सदरमुकाममा २० लाख रुपैयाँ मूल्यको घडेरी जोडिसकेकी छिन्। उनको उद्योगमा ढाका बुनाइसम्बन्धी आधारभूत र एड्भान्स तालिम पनि दिइन्छ । ३ महिने आधारभूत तालिम लिन २ हजार ५ सय र एड्भान्स लिन ३ हजार रुपैयाँ तिर्नुपर्छ । ‘यहाँ तालिम लिएका महिलाले विभिन्न जिल्ला गएर आफैं व्यवसाय गरिरहेका छन्,’ उनले भनिन्, ‘म आफूले यसबाट गरेको आम्दानीभन्दा ४ सयभन्दा धेरै उद्यमी उत्पादन गर्न सकेकामा चाहिँ औधी खुसी लाग्छ ।’

उद्योगमा धागो किनेर आफैं बुनेका ढाकाको गुणस्तरअनुसार मूल्य पर्छ । सयदेखि ७ हजार रुपैयाँसम्मका टोपी, ४ हजारदेखि १५ हजार रुपैयाँसम्मका साडी, १ हजार २ सयदेखि ८ हजार रुपैयाँसम्मका दौरा–सुरुवाल, २ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्मका कुर्ता–सुरुवाल, ३ सयदेखि ६ सय रुपैयाँसम्मका टाई उद्योगमा उत्पादन हुन्छन्।

हजारदेखि २ हजार ५ सय रुपैयाँसम्मको चोलो, ७ सयदेखि ३ हजार रुपैयाँसम्मका बर्की, ५० देखि २ सय रुपैयाँसम्मका ढाकाका रुमाल यहाँ पाइने गरेको उनले बताइन् । ‘यहाँ विभिन्न जातजातिका वेषभूषासमेत तयार गर्छाैं,’ उनले भनिन्, ‘मेख्ली, दौरा–सुरुवाल, पटुकी, चोलोलगायत बनाइदिन्छौं ।’ यहाँका उत्पादन काठमाडौं, पोखरा, बुटबललगायतका जिल्लामा लगेरसमेत बेच्ने गरिएको छ ।

उनले विभिन्न हस्तकलाका सामग्री बनाउने बुटिक सञ्चालन गर्ने योजनामा रहेको सुनाइन् । ‘ढाका मात्रै होइन, उद्योगमा हस्तकलाका सामानसमेत उत्पादन गर्ने लक्ष्य छ,’ उनले भनिन्, ‘सीप र मेहनत हुँदा कलात्मक वस्तु उत्पादनमा धेरैलाई रोजगारी मिल्न सक्नेरहेछ ।’ स्वाबलम्बी बनेर जीवन बिताउनमात्र होइन, यस्ता काममा अरूलाई पनि रोजगारी दिन सकिने उनी बताउँछिन् । उद्योगलाई आवश्यक धागो, काइँयो, हत्तालगायत भारतको नयाँ दिल्ली, धरान र काठमाडौंबाट ल्याउने गरिएको छ ।
लिम्बूले अहिलेसम्म आफ्नै प्रयासले यो जेथो जोडेको, सरकारी तथा गैरसरकारी संघ–संस्थाले आर्थिक सहायता नगरेको पनि सुनाइन् ।

बेला–बेला सफल उद्यमीका उनलाई घरेलु तथा साना उद्योग विकास समितिले सम्मान गरिसकेको छ । उद्योग मन्त्रालयले पनि उनलाई उत्कृष्ट महिला उद्यमीका रूपमा सम्मान र पुरस्कृत गरिसकेको छ । ‘सरकारी र गैरसरकारी निकायले यस्ता कलात्मक र सीप खर्च हुने काममा प्रोत्साहन गरिदिए धेरै युवाले देशमै रोजगारी पाउँछन्,’ उनको सुझाव छ, ‘यस्ता उद्योग सानो लगानीबाट धेरै आम्दानी हुनेखालका हुन्छन् तर ढाका उद्योगबाट चाहिँ छिटो आम्दानी खोज्न सकिँदैन, निरन्तरता आवश्यक छ ।’ उनले राष्ट्रियता झल्काउन चाहने व्यक्तिले कमसेकम एउटामात्रै यस्तो हस्तकला खरिद गरिदिए ढाका उद्योगलाई धेरैले रोजगारीको थलो बनाउन सक्ने बताइन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्