27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:22

TRENDING .

बाग्लुङ्गको उत्तरगंगा जलविद्युत आयोजना प्रति किन आक्रोसित भए बाग्लुङबासी यस्तो छ आरोप

- Advertisement -

माघ-५, बाग्लुङ । नमुना आयोजनाका रुपमा अघि बढाइएको उत्तरगंगा जलविद्युत आयोजनाले बस्ती जोखिममा परेको भन्दै बाग्लुङ ढोरपाटनका स्थानियबासीहरुले बस्ती सुरक्षाको माग गरेका छन् । मुलुकमा लोडसेडिङ अन्त्यका लागि महत्वपुर्ण आयोजनाका रुपमा मानिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सुरु भैरहेका बेला स्थानीयहरुले बस्ती सुरक्षाको माग गरेका हुन् ।

उत्तरगंगा जलविद्युत आयोजनाले ३ हजार भन्दा बढी जनसंख्या डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका बासीन्दाले सरकारसंग जीउ धन तथा पुर्नबासको माग गरेको हो ।
शुरुमा ३ सय मेघावाट क्षमता उत्पादन गर्ने गरी तयारी अघि बढाइए पनि पछि ८ सय २८ मेगावाट बिद्युत उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ । बिद्युत बिकास बिभागबाट डेढ अघि बर्ष अनुमति प्राप्त आयोजनाका लागि बन मन्त्रालयबाट समेत अनुमति लिएर आवश्यक सम्भाव्यता अध्ययनको काम अघि बढाइएको आयोजनाका प्रमुख शिवबाला गिरीले बताए ।
ढोरपाटनमा रहेको जलाशयबाट १ हजार ३ सय ६५ मिटर तल रहेको निसीमा निर्माण हुने पावर हाउसमा सिधै पानी खसालेर विद्युत उत्पादन गर्ने प्राधिकरणको तयारी छ ।
भूविज्ञान र जलविज्ञान टोलीले सम्भाव्यता अध्ययन अगाडी बढाए सँगै डिजाइन टिम पनि आयोजना निर्माण स्थल पुग्ने उत्तरगगां जलाशययुक्त आयोजनाले जनाएको छ । जिल्लाको बोवाङ गाविसस्थित ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगामा जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागि यस बर्ष २ करोड २५ लाख बजेट बिनियोजन गरेको थियो ।
बिनियोजित बजेटबाट अध्ययनको काममा तिव्रता दिन थालिए पनि आयोजना निर्माणको काम भने आगामी आर्थिक बर्षदेखी मात्र शुरु हुने र ५ बर्ष भित्र सक्ने लक्ष्य राखिएको छ ।
बोबाङका स्थानीयले भने गाउ डुवानमा पर्ने र स्थानीयको गासबास कपासको ब्यवस्था राज्यले गरे मात्र आयोजना बनाउने दिने बताएका छन् । स्थानीयले बस्ती स्थानन्तर गरे पनि स्थानीयले शेयर पनि पाउनुपर्ने माग छ ।
हिउँदको समयमा पनि ढोरपाटन उपत्यकामा पानीको मात्रा बढी हुने भएकाले आयोजना निर्माण पछि नेपालमा लोडसेडिङको समस्या समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको यो आयोजना नेपालमा नमुना आयोजनाका रुपमा लिइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्