27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:23

TRENDING .

दक्षिण एसियामै नभएको कानुन नेपालमा, यसरी गरिदैछ कैद भुक्तान

- Advertisement -

माघ-४, कर्तव्य ज्यान, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, भ्रष्टाचार, डाँका, शरीर बन्धक लिने वा अपहरण गर्ने लगायतका १२ वटा कसुरमा कैद निलम्बन गर्न नसकिने अपराधको प्रकृति हेरेर सामुदायिक सेवा गर्न आदेश दिने गरी कानुन बन्न लागेको छ। फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तर्गतको उपसमितिले सुधारात्मक सिद्धान्तका आधारमा सजायको व्यवस्था गर्ने कानुन प्रस्ताव गरेको छ। अपराधको प्रकृति अनुसार बिभिन्न खालका सार्वजनिक काम गर्न अदालतले आदेश दिने र अपराध गर्नेलाई सुधार्ने खालको कानुन प्रस्ताव गरिएको उपसमितिका संयोजक रामनारायण बिडारीले बताए। उपसमितिले तयार पारेको प्रतिवेदनले संसदीय प्रक्रिया गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूप लिन्छ। ठूला अपराधमा समेत कैद भुक्तान गरिरहेको बन्दी सुध्रिएमा उनीहरुलाई सार्वजनिक काम लगाएर कैद भुक्तान हुँदै जाने गरी कानुन ल्याउन लागिएको बिडारीले भने। अदालतले तोकेको सार्वजनिक सेवा दुई दिन गरे चार दिन बराबरको कैद भुत्तान हुने प्रावधान राखिएको उनले जानकारी दिए। ‘ठूला अपराधमा पन्ध्र वर्ष जेल परेको बन्दीले दस वर्ष कैद भुक्तान गरेपछि उसको आचरण हेरेर पाँच वर्षसम्म दिनभर घरमा काम गरी राति जेलमा आएर बस्नसक्ने समेत व्यवस्था प्रस्ताव गरिएको छ,’ बिडारीले भने, ‘कतिपए अपराधको हकमा साताको एक दिन जेलमा हाजिर भए हुने अनि कतिपय अवस्थामा दैनिक रुपमा जेलमा हाजिर हुने र काममा जानसक्ने समेत प्रावधान राखिएको छ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्