27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:23

TRENDING .

बैठकमै खुकुरी प्रहार, लखेटेर हत्या गर्दा सबै रमिते ! टुलुटुलु हेर्नेहरु पनि समातिए

- Advertisement -

पुस-४, ताप्लेजुुङ । वन रक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणमा स्थानीय वन उपभोक्ता पनि अनुसन्धान घेरामा तानिएका छन्। ताप्लेजुङ प्रहरीले स्रोत सर्बेक्षणका लागि जिल्ला वन कार्यालयलाई लिखित निबेदन दिने बाघथला सामुदायिक वन समुहका पदाधिकारी सहित थप १५ जनालाई निगारानीमा राखेर अनुसन्धान थालेको छ । जाजरकोटको दशेरा गाविस–८ घर भइ दुई बर्षदेखि वन रक्षकमा कार्यरत शाहीको गएको पुष १७ गते कार्य स्थलमै बिभत्स हत्या भएको थियो । खोक्लिङको ओइराखुस्थित बाघथला सामुदायिक वन समुहले सामुदायिक वनको स्रोत सर्बेक्षणका लागि आइदिन जिल्ला वन कार्यालयमा लेखेको पत्र पछि वन कार्यालयले शाहीलाई त्यस कामका लागि खोक्लिङ पठाएको थियो ।

निजी र सामुदायिक वनको बिवादमा सहजीकरण गरिरहेका शाही माथि स्थानीय सविन लिम्बूले बैठक स्थलमा उपस्थित भएका एक सदस्यको  खकुरी झिकेर प्रहार गरेका थिए । भाग्दै गरेका शाहीलाई लेखेटी लखेटी मार्दा समेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यस बिरुद्ध निगारानी बढाएको जनाएको छ ।

प्रहरीले सामुदायिक वन समूहको बैठकमा उपस्थित भएका सहित १५ जनालाई नियन्त्रण्मामा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । प्रहरीले शाहीको हत्याका मुुख्य अभियुक्त भन्दै स्थानीय सबिन लिम्बूलाई यसअघि नै नियन्त्रणमा लिई सकेकोमा थप १५ जना माथि समेत अनुसन्धान थालिएको जनाएको छ ।

‘सबिन बाहेक अरु १५ जना माथि प्रहरीले निगारानी राखेको छ’ केसीले भने । उनले सबिनले खुकरी प्रहार गर्दा रमिते बनेकाहरु माथि अनुसन्धान थालेको जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्