27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

नवलपरासीको कावासोती मालपोत कार्यालयमा भएको तालाबन्दी खुल्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-४, कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोतीमा रहेको मालपोत कार्यालयमा आज ३ घन्टाको तालाबन्दी पछी पुनः खोलिएको छ । जिल्लाको विभिन्न क्षेत्रमा रोक्का रहेको जग्गा फुकुवा गर्न स्थानीयले माग गरेका छन् ।  जिल्ला सुकम्बासी समस्या सामाधान आयोग नवलपरासीका तत्कालिन अध्यक्ष मनशोभा पाण्डेको कार्यकालमा पुर्जा वितरण भएको र नक्सा प्रमाणित भएको जग्गा हाल रोक्का रहेको छ । पाण्डेले अधिकार दुरुपयोग गर्दै पुर्जा वितरण तथा नक्सा प्रमाणित गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा रोक्का गरेको हो । रोक्का रहेको जग्गा फुकुवा गराउन माग गर्दै स्थानीय जग्गा फुकुवा संघर्ष समितिले मंगलबार बिहान तिन घण्टा मालपोत कार्यालयमा तालाबन्दी गरे । नवलपरासीको साविक नक्सा नम्बर कावासोती ६ क, ६ ख र ६ ग को जग्गा तत्काल फुकुवा गर्न उनिहरुको माग छ । पाण्डेले सो जग्गाको नक्सा प्रमाणित गरेकि थिईन् । नक्साको २०६७ सालमा पाण्डेले प्रमाणित गरेपनि जग्गाको पुर्जा पहिलेनै आईसकेकाले सो जग्गा फुकुवा हुने पर्ने स्थानीय अगुवा  रमिला भुजेलले बताईन् । सो क्षेत्रको जग्गा २०४१ सालमा नै चन्द्र प्रसाद प्रधानको अध्यक्षामा पुर्जा वितरण भएको र २०६७ सालमा पाण्डेले नक्सा प्रमाणित मात्र गरेकोले सो क्षेत्रको जग्गा फुुकुवा हुनुपर्ने स्थानीयको माग छ ।  जग्गा फुकुवाको लागि प्रधानमन्त्री भुमिसुधार मन्त्री लगायतलाई यसअधिनै ज्ञापन पत्र बुझाएको भएपनि हाल सम्म पनि जग्गा फुकुवा हुन नसकेको भन्दै उनिहरु मालपोत कार्यालयमा तालावन्दी गरेका हुन् । मंगलबार मालपोत कार्यालयमा लागेको ताला सर्वपक्षिय छलफलपछि खुलेको छ । ईलाका प्रशासन कार्यालय कावासोतीमा बसेको सर्वपक्षिय बैठकले जग्गाको विषयमा पा“च दिन भित्र ठोस निर्णय लिने सहमति पछि ताला खुलेको हो । पा“च दिन भित्र ठोस निर्णय आउन नसके छैंठौं दिनबाट थप आन्दालनमा जाने संघर्ष समितिले जनाएको छ । सेवाग्रहीको अत्याधिक चाप रहने मालपोत कार्यालयमा तालाबन्दी भएपछि जिल्लाको विभिन्न स्थानबाट आएको सेवाग्राहीहरुको काम रोकिएको थियो ।

malpot tala

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्