27 C
Kathmandu
Saturday, June 19, 2021

नवलपरासीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ- ३, कावासोती,  नवलपरासीमा सोमवारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । सोमवारदेखि क्षेत्रीय स्तरका छनौट चरणका खेल शुरु भएको हो । फाइनल चरणको खेल माघ ८ गतेबाट ११ गतेसम्म हुनेछ । क्षेत्रीय स्तरका छनौट चरणका खेलहरू क्षेत्र नम्बर १मा त्रिभुवन मावि बुलिङ्गटार, २मा सेन्ट जोसेफ ईङ्गिलिस स्कुल, ३मा भानुदय मावि दुम्कीवास, ४मा रमवापुर मावि सुनवल, ५मा दाउन्ने देवी मावि बर्दघाट र ६मा आदर्श मावि सेमरीमा आयोजना गरिएको छ । प्रतियोगितामा जिल्लाको १ सय ५० विद्यालयका करीब ९ हजार विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए । छनौट चरणका खेलबाट प्रथम र द्धीतीय भएका खेलाडि मात्रै फाइनलका लागि छनौट हुने र एउटा निर्वाचन क्षेत्रबाट २ सय ३४ जना मात्रै फाइनलमा सहभागि हुने आलेले जानकारी दिए ।

प्रतियोगितामा छात्र छात्रा दुवैतर्फ दौडमा एक सय मीटर, २ सय मीटर, ४ सय मीटर, ८ सय मीटर, १५ सय मीटर र ५ हजार मीटर, रिले दौडतर्फ १०० गुणा ४, ४ सय गुणा ४ रहने छ भने हाईजम्प लङ्गजम्प, त्रिपल जम्प, सर्टपुर्ट, ज्याभलिङ्ग थ्रो,भलिबल र कबड्डी जस्ता खेलमा प्रतिस्पवर्धा हुनेछ
फाइनल प्रतियोगिता क्षेत्र नम्बर ४ सुनवलको रमवापुर माविमा हुनेछ । फाइनल खेलको उद्घाटन खेलकुद मन्त्री दलजित श्रीपालीले गर्नुहुने आलेले जानकारी दिएका छन । प्रतियोगिता समपन्न गर्नका लागि करीब १४ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । यसैबीच आज क्षेत्र नम्बर ३ को भानुदय माविमा २ वटा भलिवलका खेल भएका छन । आजको उद्घाटन खेलमा सरसवती मावि गोछडा र सरस्वती मावि मैनाघाट विच भएको खेलमा २५– १४ र २५ – २० को सोझो सेटले मैनाघाट विजयी भएको हो । दोश्रो खेलमा भानुदय मावि धुर्कोट र ज्ञानोदय मावि प्रसौन विच भएको थियो। जसमा, प्रसौनी ११ – २५ र १९ – २५ को सोझो सेटले विजयी भएको छ । यसअघि खेलको उद्घाटन प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले गर्नुभएको थियो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा जारी क्षेत्रीय छनौट चरणका खेलको क्षेत्र नम्बर ३का खेल संयोजक कृष्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नवलपुर जिल्ला संगठनका संयोजक रोशन वहादुर गाहा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रम्ख राजेन्द्र प्रसाद चौधरी, जिल्ला शिक्षा अधिकारी मान वहादुर घिमिरे लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधयानाअध्यपक मोहनलाल कलवारले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन दयाराम आचार्यले गर्नुभएको थियो । यस्तै कार्यक्रममा कलाकारहरू सिरिष देवकोटा र अर्जुन पाण्डे लगायतले सास्कृतिक प्रस्ततुी प्रस्तुत गर्नुभएको थियो । यसैगरी क्षेत्र नम्बर २ को राम मन्दिरमा संचालन भएको छनौट चरणको खेलको पनि आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन सहायक जिल्ल शिक्षा अधिकारी तोयानाथ लम्सालले गर्नुभएको थियो भने सेन्ट जोसेफ सेकेन्डरी स्कुल कावासोतीका विद्यालय व्यवस्थापन समितिका अधयक्ष नारायण तिमील्सीनाको अधयक्षता रहेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्