27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

नवलपरासी जिल्लाका सामुदायिक वनमा मिचाह वनस्पति नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, माघ-३ । नवलपरासी जिल्लाका पाँच सामुदायिक वनमा मिचाह वनस्पति नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन हुने भएको छ । पहिलो चरणमा जिल्लाको कावासोती क्षेत्रका विष्णुनगर सामुदायिक वन, नवदुर्गा सामुदायिक वन, महाराजा सामुदायिक वन, जनकल्याण सामुदायिक वन र घुमौरी सामुदायिक वनमा कार्यक्रम लागु गर्न लागिएको हो ।
फरेष्ट एक्सन नेपाल, नास्ट, त्रिभुवन विश्वविद्यालय, वनस्पती विभाग, रोयल वोटानिकल गार्डेन एडिनवटा युकेको सहकार्यमा सञ्चालन हुने कार्यक्रमको पहिलो कार्यशाला गोष्ठि सोमबार कावासोतीमा गरिएको थियो । गोष्ठिमा कार्यक्रम सञ्चालन हुने पाँच सामुदायिक वनका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मिचाह प्रजातिका वनस्पतिलाई नियन्त्रण गर्दै त्यसको कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा सहभागिलाई प्रशिक्षकहरुले जानकारी गराएका थिए । सो क्रममा नास्टका बरिष्ठ बैज्ञानिक तथा प्रधानमन्त्रीका बैज्ञानिक सल्लाहकार रविन्द्र ढकालले मिचाह वनस्पतिलाई बायोचाट निर्माण गरेर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सहजिकरण गरे । सो क्रममा एडिनवटा युकेका मार्क वाटर्सनले नेपालमा पाईने वनस्पतिहरुको जानकारी संगै त्यसको व्यवस्थापनको बारेमा जानकारी गराए ।
पहिलो चरणको तिन वर्षे कार्यक्रम नवलपरासी, कैलालि र मकवानपुरमा सञ्चालन हुने फरेष्ट एक्सनका विरेन्द्र कर्णले बताए । कार्यक्रम मार्फत मिचाह वनस्पति नियन्त्रण तथा व्यवस्थापनसंगै स्थानीय उपभोक्ताहरुको जिविकोपार्जन सुधारमा सहयोग पुग्ने उनले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्