27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

रजहरकी उशा तामाङ ढाकाको जुत्ताबाट आत्म निर्भर, मासिक बिस हजार आम्दानी

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ -३, बिबेक भण्डारी । गर्ने हो भने नसकिने के नै छ र यदि जागर र सिप हुने हो भने देशमा नै बसेर केहि गर्न सकिन्छ । यसको उदाहरणको रुपमा यतिबेला नवलपरासी क्षेत्रका महिलाहरुलाई लिन सकिन्छ । यतिबेला जिल्लाका महिलाहरुले विभिन्न समुह तथा विभिन्न संघ संस्थामा आवद्ध भई विभिन्न किसिमका सिपहरु  सिकेर यतिबेला आफै उद्धमी भएका छन ।  यहाका महिलाहरु विभिन्न सिपमुलक काम सिक्ने र सिकेको कामलाई निरन्तरता दिदै आफैले सिप अनुसारको व्यवशाय गरेर बस्दै आएका छन । यस्तै नवलपरासीकै रजहर कि उशा तामाङ पनि उद्धमि महिलाहरुको भिडमा उदाहराको पात्र बनेकि छन । तामाङले आफैले केहि गर्नु पर्छ भन्ने उद्देश्यले यतिबेला ढाका तथा मखमलको जुत्ता  बनाएर  बेच्दै आएकी छन । शिक्षण पेशाा छाडेर तामाङ यतिबेला जुत्ता बनाएर बेच्न व्यस्त बनेकी छन । उनका अनुसार अरुको जागिर खानु भन्दा आफैले केहि गरेर वस्नु उचित रहेको बताइन । तामाङले दुइ महिना अघि महिला विकास र केयर नेपालको सहयोगमा तालिम लिएर आफैले जुत्ता बनाउदै आएकी छन । आफुले जुत्ता बनाउने तालिम लिएर १५ दिन भित्र आफैले जुत्ता बनाइ बेच्ने गरेको बताइन । उनले स्थानिय बजारबाट आवस्यक सामानहरु ल्याउने र खालि समयमा जुत्ता बनाएर बेच्ने गरेको बताइन । तामाङको घरमा यतिबेला श्रीमान सहित एक छोरा छन । उनका श्रीमानले देशमा नै बसेर केहि गर्दै आएको भए पनि आफुले केहि गर्नु पर्छ भन्ने उद्देश्यले जुत्ता बनाउने गरेको बताइन ।  तामाङले महिला बहुउद्देश्य रजहरको भवनमा सो कार्य गदै आएकि छन । उनका अनुसार उद्धमीहरुको सहयोग गर्ने समुहले आफुलाई निशुल्क रुपमा भवन को व्यवस्था गरेको र सोहि भवनमा आफुले जुत्ता बनाउने गरेको बताइन । शिक्षण पेशाामा  आफु सन्तुष्ट नभएको र ढाकाको जुत्ता बनाउने सिप सिकेर यहि व्यवशायमा लागेको उनको भनाइ छ ।  तामाङले जुत्ता बेचेर नै माशिक २० हजार भन्दा बढिको आम्दानी गर्दै आएकी छन ।  उनका अनुसार आफु यस व्यबासायमा निकै सन्तुष्ट रहेको बताउदै महिलाहरुले पनि केहि गर्ने सक्ने र त्यसको लागि सिप र जागरको आवस्यक पर्ने बताइन । उनका अनुसार कति पय महिलाहरु ऋाफ्नो देश छाडेर विदेश गइरहेका छन तर विदेशमा भन्दा देशमा नै धेरै सम्भवना रहेको बताइन । उनले सिप सिक्ने हो भने कोहि पनि देशमा खालि बस्न नपर्ने बताइन । तामाङले यतिबेला सिप सिकेर बनाएको जुत्ताबाट मनग्य आम्दानि गर्न सफल भएकी छन ।  उसा तामाङ ले जस्तै अन्य महिलाहरुले पनि सिप सिकेर देशमा नै केहि आयआर्जनको कार्य गर्न सक्ने सम्भवना प्रशस्तै छन । खालि समयमा केहि सिप सिकेर बस्ने हो भने देशमा नै मनग्य आम्दानि गर्न सकिन्छ । यसका लागि केवल सिप र जागरको विकास हुनु आवस्यक छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्